पाल्पा । भाडा धुदाँ जाने पानी जो कोहिलेपनि फोहोर पानी भनेर त्यसै खेर फाल्ने गर्छन । तर भाडा माझेको, हात हातमुख धोएर खेल जाने पानी जम्मा गरेर पनि सिंचाई गर्न सकिन्छ । त्यस्तै अभ्यास गरेर पाल्पाका एकजना किसानले तरकारी खेती नै गर्नुभएको छ ।
मगरहरुको बाक्लो बस्ति रहेको मित्याल गाउँविकास समिती ७ झ्याल्टुङका शान्तिसरा गाहाले गाउँबाट पिउने पानी लिन ३ घण्टा लगाएर टाढा पुग्नुपर्छ । पानी उहाँका लागि तेलभन्दा पनि अमूल्य छ । पानीको संकटमा पनि उहाँले तरकारी बारीमा सिंचाई गरेर खेती गरिरहनु भएको छ ।
भाडा माझ्दा बगेर जाने पानीलाई सचिँत गरि तरकारी वालीमा सिँचाई गरेर उब्जाएको तरकारी विक्रिबाट महिनामा कम्तिमा ६ हजारसम्म, बर्षमा झण्डै १ लाख आम्दानी समेत भइरहेको छ । पानीको असुविधा भएका ठाउँका खेर जाने पानी जम्मा गरेर सुख्खा ठाउँमा पनि तरकारी खेतीगर्न सकिने उहाँको अनुभव छ ।
मित्याल पाल्पाको दुर्गम वस्तिमा पानीको असुविधा छ । पाल्पाको तानसेन बजारमा मात्रै ३५ लाख लिटर पानीको अभाव छ । पानीले काकाकुल बनेको बस्तिमा पनि तरकारी फलाएर किसान शान्तिसरा गाहाले फलाएको तरकारी सदरमुकाका भान्सासम्म पुग्ने गरेको छ ।
दैनिक खेर गइरहेको पानीलाई जम्मा गरि करिब ३ रोपनी जग्गमा तरकारी खेती गरिरहनु भएको छ । बर्षा नजिकीदै गरेकाले पानी अभाव भएका ठाउँमा आकासे पानी संकलन पानीको अभाव हुनबाट गाउँ बस्ती तथा सहरी क्षेत्रलाई बचाउन सकिन्छ ।
तपाईंको बिचार