आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कैलालीको उर्मा गाविसमा साढे पाँच वर्ष अघि सञ्चानमा आएको थारु होमस्टे गाउँ भादा आन्तरिक तथा वाह्य पर्यटकको रोजाई बन्दै गएको छ । पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरेर २०६७ साल पुस १७ गतेबाट भादामा होम स्टे सुरु गरिएको थियो ।
स्थापनाकालदेखि अहिलेसम्म ४० हजार आन्तरिक तथा वाह्य पर्यटकहरुले थारु होमस्टे भादाको अवलोकन गरेको होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यस्थापन समितिका अध्यक्ष समेत रहनुभएका होम स्टे व्यवसायी लक्ष्मीनारायण चौधरीले बताउनुभयो । थारु होम स्टे गाउँमा आन्तरिक तथा वाह्य पर्यटकको रोजाई बन्दै गए पनि उल्लेख्य रुपमा पर्यटक भने पुग्न नसकेको उहाँको भनाई छ ।
भादा होमस्टेमा भारत, जर्मन, जापान, अमेरिका, क्यानडा लगायतका पर्यटक यहाँ आउने गरेका छन् ।
कच्ची बाटोले नै पर्यटकलाई छेकेको उहाँले बताउनुभयो । धनगढीदेखि भादा गाउँसम्म सडक कालोपत्रे नहुँदा सोचेअनुरुप पर्यटक आउन नसकेको होमस्टे सञ्चालकहरुको बुझाइ छ । दोस्रो संविधानसभाको निर्वाचनका बेला भादासम्म पुग्ने बाटो कालोपत्रे गर्ने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिए पनि अझैसम्म सडकको स्तरोन्नती हुन सकेको छैन ।
क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझाले आगामी आर्थिक वर्षमा सडक कालोपत्र गर्ने आश्वासन दिएको अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिनुभयो । कालोपत्रेको लागि बेली पुलबाट बेहडा बाबा मन्दिरसम्म पहिलो चरणको सर्भे सकिएको छ ।
पार्क, ईन्टरनेटको सुविधा लगायत दैनिक रुपमा यातायातको सुविधा भएमा थारु होम स्टे गाउँमा पर्यटको सख्या वुद्धि हुने छ ।
वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण थारु होम स्टे गाउँमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई समस्या भएको स्थानिय होम स्टे सञ्चाल बालकृष्ण चौधरीले बताउनुभयो । धनगढीदेखि थारु होम स्टे गाउँसम्म सडक कालोपत्र भएमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या वृद्धि हुन सक्ने उहाँको भनाइ छ ।
‘मुख्य रुपमा बाटोकै समस्या हो ।’ उहाँले भन्नुभयो–‘यसका साथै बढी भन्दा बढी पर्यटक भित्र्याउनका लागि पर्यटकलाई आकर्षण गर्नको लागि पार्क, ईन्टरनेटको सुविधा लगायत दैनिक रुपमा यातायातको सुविधा भएमा थारु होम स्टे गाउँमा पर्यटको सख्या वुद्धि हुने छ ।
होम स्टेमा पाईने थारु मौलिक संस्कृति, प्राकृतिक मनोरम दृश्यावलोकन, थारु खानपानका परिकार लगायतले पर्यटकलाई लोभ्याउने गरेको होम स्टे सञ्चालक पदमनारायण चौधरीले बताउनुभयो । स्थानीय कुखुराको मासु, माछा, फुलौरी, खरिया, गुन्द्रुक (सिन्की) जस्ता खानाका परिकार यहाँ आउने पर्यटकलाई खुवाउने गरिन्छ ।
सिजन अनुसार घोंघी, मुसाको चट्नी पनि इच्छाएकाहरुलाई खुवाउने गरिएको छ । थारु समुदायको विविध किसिमका मौलिक नाच, जंगल सफारी, प्रसिद्ध बेहडाबाबा मन्दिरजस्ता पर्यटकीय क्षेत्रले भादामा पर्यटनको सम्भावना उच्च रहेको स्थानिय किरणदेवी चौधरीले बताउनुभयो ।
होम स्टेमा थारु परिकार खान पाउनुका साथै थारु संस्कृति, संस्कार, रहनसहन र चालचलन, कलाको अध्ययन अवलोकन समेत गर्न सकिने ईना बखरीयाले बताउनुभयो ।
थारु होम स्टे गाउँमा थारु खानाका परिकार र थारु नृत्यमा रमाउन सकिन्छ । आगन्तुकलाई नाँच देखाए वापत होम स्टे सञ्चालकले हरेक सांस्कृतिक नाँचको एक हजार रुपैयाँ लिने गरेका छन् । भादा होमस्टेमा भारत, जर्मन, जापान, अमेरिका, क्यानडा लगायतका पर्यटक यहाँ आउने गरेका छन् ।
सदरमुकाम धनगढीबाट भादा होम स्टे करिब १२ किलोमिटरको दूरीमा छ । मासिक १५ देखि २० हजारसम्म पनि आम्दानी हुने गरेको होमस्टे सञ्चालकहरुको भनाई छ । होम स्टेमा थारु परिकार खान पाउनुका साथै थारु संस्कृति, संस्कार, रहनसहन र चालचलन, कलाको अध्ययन अवलोकन समेत गर्न सकिने ईना बखरीयाले बताउनुभयो ।
पाहुनालाई साँझ सखिया, झुमरा, मघौटा, हुर्दङवा, लट्ठी नाँच देखाइने गरेको उहाँले बताउनुभयो । पर्यटकलाई आकर्षित गर्नका लागि भादाले प्याकेज समेत बनाएको छ ।
धनगढीदेखि झण्डै १७ किमी उत्तरपूर्वी क्षेत्रमा हाल धनगढी उपमहानगरपालिका–१६ मा पर्ने भादा गाउँमा १९ वटा थारु समुदायको घरमा होम स्टेको व्यवस्था गरिएको छ । भादा गाउँमा १ सय ९६ घरधुरी थारू समुदायका नागरिक छन् ।
तपाईंको बिचार