अंग्रेजीमा सिकेर ‘आइ लभ यू’ भन्दै आमाहरु

प्रकाशित मिति: 2016-06-06
लक्ष्मी पौडेल, विजय एफएम गैडाकोट

गैडाकोट । नवलपरासी गैडाकोट ८ की ६१ बर्षका गंगादेवी पौडेलले स्कूल जाँदा पढ्दा कस्तो हुन्छ त्यसको अनुभव गर्न पाउनु भएको छैन । तर, अहिले आफ्नै उमेर समुहका आमाहरुसँग अंग्रेजी भाषा सकेर खरर बोेल्ने हुनु भएको छ । उहाँकै उमेरकी कृष्ण आचार्य पनी अग्रेजीमा पढ्दै हुनुहुन्छ ।

 मर्ने बोला हरियो काक्रो भन्ने नेपाली उखानले न गिज्याएको पनि होएनन । तर त्यसको कुनै प्रवाह नगरि पढाई लेखदाइ चलिरहेको कृष्ण कुमारी पौडेल भन्नुहुन्छ । 

गैडाकोट आठमा हरेक दिन दिउँसो उमेर पुगेका आमाहरु यसरी नै जम्मा हुन्छन र अग्रेजी भाषा पढ्ने गर्छन् । कृष्ण आचार्य बुढेसकालमा अंग्रेजी सिकेर नाम लेख्न सक्ने र बैंकबाट पैसा आफै निकाल्न सक्ने हुनुभएको छ ।  छोरा–छोरी स्कूल पढेर पढाउनेसम्म भइसकेका छन् ।

कति त विदेशसम्म पुगेका छन् । तीनै छोराछोरीसँग हिड्न, शहरबजारमा जाँदा अग्रेजीमा लेखेको पढ्न इन्टरनेट प्रयोग गर्न भन्दै आमाहरु अग्रेजी सिक्न थालेका छन् । नवलपरासी गैडाकोटमा उमेर पुगेका आमाहरु अंगेजी सिक्न थालेपछि उत्साहित पनि छन् । उनीहरु अग्रेजीमै आफ्ना छोराछोरीलाई ‘आइलभ यू’ भन्न थालेका छन् । 

गैडाकोटकै मनकुमारी कु्माललाई आफ्नो नाम अंग्रेजीमा लेख्न सक्ने भएपछी सबैभन्दा ठुलो खुसी मिलेको छ । गैडाकोटका यि महिलाहरु कितावकापी बोकेर पढ्न आउदाँ कतिले कुरा नकाटेको होइन । मर्ने बोला हरियो काक्रो भन्ने नेपाली उखानले न गिज्याएको पनि होएनन । तर त्यसको कुनै प्रवाह नगरि पढाई लेखदाइ चलिरहेको कृष्ण कुमारी पौडेल भन्नुहुन्छ । 

सरकारले चलाएको साक्षरता अभियानअन्तर्गत पहिलो चरणमा प्रौढकक्षा पढिसकेका २५ जना आमाहरु निरन्तर कक्षामा सहभागी भएका छन् । दैनीक जिवनमा प्रयोग हुने सामान्य कुरा बोल्न सबै आमाहरु सक्ने भएको शिक्षक फुलुमाया पराजुलीको अनुभव छ ।

नवलपरासीको गैडाकोट जस्तै दुई दर्जन भन्दा बढी क्षेत्रमा ३४ वटा सामुदायीक अध्ययन केन्द्रमार्फत प्रौढ महिलाहरुका लागी निरन्तर कक्षा सञ्चालन गरीएको छ । 

तपाईंको बिचार