बिहान फेरि भूकम्पको धक्का

प्रकाशित मिति: 2016-06-03

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बिहान फेरि भूकम्प गएको छ ।  बिहान पाँच बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोकको थापालथोक नजिकै केन्द्र बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

त्यसको धक्का काठमाडौंसम्म महसुस भएको थियो । गत वर्ष वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि अझै पनि त्यसको परकम्प जाने क्रम हटेको छैन । 

तपाईंको बिचार