सिस्नोको धुलो बेचेर मनग्ये कमाइ

प्रकाशित मिति: 2016-06-02

काठमाडौं २० जेठ ।
घरगाउँमा त्यसै खेर जाने सिस्नो आम्दानीको स्रोत बनेको छ । सिस्नोको धुलो बेचेर महिलाले मनग्ये कमाइ गरेका छन् । बागलुङको निसीमा सिस्नोको धुलो बनाउने उद्योग खोलिएको छ । डेढ वर्षको अवधिमा तीन सय किलोभन्दा बढी सिस्नोको धुलो बिक्री भएको छ ।

धुलो बेचेर दुई लाख आम्दानी भएको निशी लघुउद्यम सिस्नो पाउडर उद्योगका अध्यष महेन्द्रकुमारी घर्तीमगर बताए । उनले माग भएबमोजिमको आपूर्ति गर्न नसकेको जनाइन् । काठमाडोंमा अत्याधिक माग भएको उनले जानकारी दिइन् ।

धुलो खाद्य विभागमा प्रयोगशालमा परीक्षणपछि गुणस्तर मापन गरेर बजारमा पठाइएको छ । २०७१ वैशाखमा बहुसरोकारवाला वन कार्यक्रमबाट उद्योग सञ्चालनका लागि महिला ले यन्त्र पाएका थिए । अन्नपूर्णपोष्टबाट

एकमहिने तालिमपछि महिलालो सिस्नोको धुलो बनाउन सिकेका हुन् । उद्योग क्षमता र लगानी बढाउन सके माग पुर्‍याउन सकिने उनको भनाइ छ ।

पहिले त्यतिकै कागजमा राखेर बेच्ने गरिएको सिस्नोको धुलो अहिले आकर्षक प्याकेटमा बजार पुग्ने गरेको छ । दुई सय ग्रामका प्याकेट बागलुङमा एक सय २० मा बिक्री भइरहेका छन् ।
 

तपाईंको बिचार