एक हप्तामा किताब पुग्छ (अडियो सहित)

नाकाबन्दिले पाठ्यपुस्तक समयमा पुगेन : जनक शिक्षा सामाग्री केन्द्र

प्रकाशित मिति: 2016-05-31

अबको एक साताभित्र देशका सबै ठाँउका बालबालिकाहरुले पाठ्यपुस्तक पाउने भएका छन् । देशका धेरै ठाँउका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाएका कारण पठनपाठनमा समस्या भएको गुनासो गरिरहेका बेला पाठ्यपुस्तक प्रकाशन र बितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामाग्री केन्द्रले यस्तो प्रतिक्रिया दिएको हो ।सीआईएनसँग कुराकानी गर्दे केन्द्रका महाप्रबन्धक अनिल झाले देशका ९९ प्रतिशत बिद्यार्थीले अबको हप्ता पाठ्यपुस्तक पाउने दाबी गर्नुभयो ।

केहि दिन अघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले समयमै पाठ्यपुस्तक बिद्यार्थीका हातमा पुर्याउन भन्दै शिक्षा मन्त्रालय र जनक शिक्षा सामाग्री केन्द्रलाई निर्देशन दिएको थियो भने मन्त्री भएसँगै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले समयमै पाठ्यपुस्तक पुर्याउने प्रतिबद्धता जनाउनुभएको थियो । बिद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसक्नुको कारण र यो बर्ष कहिलेसम्म पुग्छ पाठ्यपुस्तक ? साथी उमा पौडेलले जनक शिक्षा सामाग्री केन्द्रका महाप्रबन्धक अनिल कुमार झा सँग कुराकानी गर्नुभएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/anil_jha_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/anil_jha_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार