सीआईएन आठौ वर्षमा प्रवेश (फोटो फिचर सहित)

विषेश अन्तरक्रिया कार्यक्रम गरिंदै

प्रकाशित मिति: 2016-05-28

काठमान्डु । सामुदायिक सूचना नेटवर्क सीआईएन आजदेखि सातौ वर्ष पूरा गरी आठौ वर्षमा प्रवेश गरेको छ ।

देशभरिका सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सीआईएनको प्रसारण २०६६ साल जेठ १५ गतेदेखि सुरु भएको थियो ।

सीआईएनको नेटवर्कमा हाल २ सय ७३ वटा सामुदायिक रेडियोहरु आवद्ध रहेका छन् । सीआइएनले हाल समाचार, सूचना तथा चेतनामूलक जानकारी आदानप्रदान गर्न देशभरीका सामुदायिक रेडियोहरुसँग सहकार्य गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा अकोराबका अध्यक्ष मोहन चापागाइले सामाजिक रुपान्तरण तथा मुलुकको आर्थिक समुन्त विकासको लागि सामुदायिक रेडियोहरुले गरेको योगदानप्रति धन्यवाद दिंदै आगामी दिनहरुमा अझ एकता र सहकार्यको आवश्यक्ता औंल्याउनु भएको छ ।

२०६५ साल जेठ १५ गते पहिलो गणतन्त्र दिवसको दिन खुलेको सीआईएनले स्थानीय सामुदायिक रेडियोदेखि सिंहदरबारसम्म र सिंहदरवारदेखि समुदायसम्मको सूचना पुलको रुपमा समन्वयकारी भूमिका निर्वाह गरीरहेको छ ।

 

सयौं रेडियो, हजारौं रेडियोकर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सुचना नेटवर्क सीआइएन । 

 

वार्षिकोत्सव उपलक्षमा सीआईएनको छाता सस्था अकोराबले भोलि काठमाण्डुमा रेडियो पत्रकाहरुको राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

सम्मेलनमा समाज परिवर्तनमा सामुदायिक रेडियोले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ । नेपालको दीगो विकास लक्ष प्राप्तीका लागि खेल्न सक्ने भूमिकाको विषयमा बृहत छलफलसहितको सम्मेलन गर्न लागिएको हो ।

सीआईएनको आठौँ स्थापना दिवसको अवसरमा जेठ १६ गते देशभरका सामुदायिक रेडियोकर्मी, पत्रकार, सरकारी एबं गैरसरकारी निकायका प्रतिनिधीहरु बिच छलफल गरिने सामुदायिक रेडियो प्रशारक संघ अकोराबका महासचिव गोबिन्द देवकोटाले जानकारी दिनुभयो ।

पहिलो पटक गर्न लागिएको रेडियोकर्मीहरुको सम्मेलनले सामुदायिक रेडियो र सीआइएनले समुदायका विषयमा उठाउनुपर्ने मुद्दाका विषयमा पनि छलफल गर्नेछ ।

तपाईंको बिचार