काठमाडौं । सरकारले आज आर्थिक बर्ष २०७३÷०७४ का लागि आज बजेट सार्वजनिक गर्ने भएको छ । योजना आयागले दिएको सिलिङभन्दा बढी झण्डै १० खबको बजेट ल्याउन लागीएको बताइएको छ । नाकाबन्दी भए पनि पछिल्लो समय राजस्वमा उल्लेख्य वृद्धि भएकाले सरकार ठूलो आकारको ल्याउन लागेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आज ४ बजे व्यवस्थापिका संसदमा बजेट सार्वजनिक गर्नुहुनेछ । बजेटमा पूर्वाधार विकास, सामाजिक सुरक्षा, भूकम्पपछिको पुनःनिर्मालाई प्राथमिकतामा राखिने भएको छ ।
चीनतर्फका नाका पूर्वाधारमा उल्लेख्य रकम, किसानलाई सामाजिक सुरक्षा, पत्रकारलाई पेन्सनको व्यवस्था गरिएको छ । रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर निर्माण, फास्टट्रयाक आगामी वर्षबाटै सुरु गर्ने घोषणा र बजेट, गाविस र नगरपालिकामा अनुदान रकममा वृद्धि गरिएको छ । ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ब्यूताउन लानगिएको छ ।
वृद्धिबृद्धा, अपाङका लागि दिइने सामाजिक सुरक्षा भत्ता बढाइएको छ । सांसदलाई दिइने निर्वाचन क्षेत्र विकासका दुइवटै कार्यक्रममा रकम कति बढाउने तयारी छ । जेष्ठ नागरिकका लागि स्वास्थ्य बिमाको कार्यक्रम घोषणा हुने छ । बृद्धबृद्धा, एकल महिला र अपांगहरूको सामाजिक सुरक्षा भत्ता वृद्धि हुने स्रोतले बताएको छ ।
तपाईंको बिचार