१० वर्ष भित्र होला नेपालबाट बोक्सी प्रथा उन्मूलन ?

प्रकाशित मिति: 2016-05-15

ऐन, कानुन पनि छ, गैरसकारी क्षेत्रबाट पनि यो प्रथाविरुद्ध कामहरु नभएका होइनन् तर किन बोक्सी आरोप लगाउने क्रम कम भएको छैन ? 

काठमाडौं । बोक्सी आरोप (कसूर तथा सजाय) ऐन २०७२ अहिले कार्यान्वयनमा छ । विधेयक तयार भएको झण्डै ६ वर्षपछि संसदले पारित गरेर गत साउनदेखि यो ऐन कार्यान्वयनमा आएको हो । तर समाजमा बोक्सी आरोप लगाउने क्रम कम भएको पाईंदैन ।

यदाकदा पुरुषलाई ‘बोक्सो’ आरोप लगाउने तथा हत्या गर्नेसम्मका घटना भएका छन् तर बोक्सी आरोप अधिकांश महिलामाथि लाग्ने गरेको छ । समाजले यस्तै आरोप लगाउँदै थुप्रै महिलाको हत्या पनि गरिसकेको छ ।  

मुख्य के छ ऐनमा ? 
ऐनमा कसैले पनि कुनै व्यक्तिलाई बोक्सीको आरोप लगाउन, गाली बेइज्जत गर्न, बोक्सीको आरोप लागेको व्यक्तिको परिवारका सदस्यप्रति अपनमानजनक व्यवहार गर्न, सामाजिक बहिस्कार गर्न, बसोबास गर्दै आएको स्थानबाट निकाला गर्न नपाउने व्यवस्था गरेको छ । 

धामीझाँक्री, टुनामुना तन्त्रमन्त्र, झारफुक वा अन्य यस्तै माध्यमबाट बोक्सीको आरोप लगाएमा, आरोपित व्यक्तिलाई कुटपिट, गर्ने, खोप्ने, डाम्ने, पोल्ने, मलमुत्र खुवाउनेलगायत अन्य किसिमले अपमान गरेमा, अंगभंग गरेमा, बोक्सीको आरोपमा सम्पत्ति तोडफोड, हिनामिना वा हानिनोक्सानी गरेमा पनि अपराध गरेको ठहर हुने ऐनमा उल्लेख छ । 

ऐनमा कसैले कुनै व्यक्तिलाई बोक्सीको आरोप लगाएर अमानवीय व्यवहार गरेमा कसूर हेरी छ महिनादेखि आठ वर्षसम्मको कैद र पाँच हजारदेखि एक लाख रुपियाँसम्मको जरिवाना हुने व्यवस्था गरेको छ । 

त्यस्तै, बोक्सीको आरोपसम्बन्धी कसूरमा सजाय पाएको व्यक्तिले पुनः सोही कसूर गरेमा पटकैपिच्छे दोब्बर सजाय हुने पनि ऐनमा उल्लेख भने सार्वजनिक पदबहाल व्यक्तिले यस्तो कसूर गरेमा थप २५ प्रतिशत सजाय हुने व्यवस्था पनि कानुनले गरेको छ । 

त्यस्तै, बोक्सी आरोपमा कसैको व्यक्तिगत धनसम्पत्ति तोडफोड गरेमा, हानिनोक्सानी पु¥याएमा पीडकबाट क्षति बराबरको रकम भराउने व्यवस्था पनि यो ऐनले गरेको छ ।

यो ऐनलाई राज्यले तदारुकताका साथ कार्यान्वयन गराउने, गैरसरकारी क्षेत्रबाट त्यसमा सहयोग गर्ने र समाजमा जनचेतना फैलाउँदै अबको १० वर्षमा नेपालबाट बोक्सी प्रथा उन्मुलन गर्ने लक्ष्य राखेर ‘मान्छे बोक्सी हुँदैन राष्ट्रिय जागरण प्रतिष्ठान’ ले देशव्यापीरुपमा काम गरिरहेको जनाएको छ ।

जनचेतनाका लागि प्रतिष्ठानले मान्छे बोक्सी हुँदैन नामको चलचित्र बनाउँदैछ भने यससम्बन्धी थुपै्र चेतनामूलक दर्जनौं गीत तथा किताब पनि सार्वजनिक गरिसकेको छ । 

ऐन, कानुन पनि छ, गैरसकारी क्षेत्रबाट पनि यो प्रथाविरुद्ध कामहरु नभएका होइनन् तर किन बोक्सी आरोप लगाउने क्रम कम भएको छैन ? लक्ष्मी बस्नेतले बोक्सी प्रथा उन्मूलनमा लागेको ‘मान्छे बोक्सी हुँदैन राष्ट्रिय जागरण प्रतिष्ठान’का संयोजक कोबित शरण उपाध्यायसँग कुराकानी गर्नुभएको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Kobit_saran_upadhyaya_by_laxmi.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Kobit_saran_upadhyaya_by_laxmi.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार