काठमाडौंदेखि केरूङसम्मको दुरी १ सय ७० किलोमिटरको छ । योजना भए पाँच बर्ष भित्रैमा रेल चिनबाट सिधै काठमाडौ सम्म आईपुग्ने सम्भावना रहने बताउनुहुन्छ रेल बिभागका प्रमुख आचार्य ।
काठमाडौं । गत चैत ७ गते साताव्यापी भ्रमणका लागि चीन जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पारबहन संगै चीनसंग १० बुदे संझौता गर्नुभएको थियो । संझौता भएको एउटा बुदा चीन देखि काठमाडौसम्मको रेल सेवा बिस्तार गर्ने बिषय संझौताकै क्रममा पनि महत्वपूर्ण वुदाको रुपमा लिइएको थियो ।
चीन र नेपालबिच सिधै रेल सेवा बिस्तार भयो भने भारतसंगको एकाधिकार व्यापारीकरणलाई तोड्न पनि सहज हुने भएकाले यसलाई महत्वपूर्ण कडिका रुपमा लिइएको थियो । सोही अनुसार रेल सेवा शुरु भएको छ तर त्यो रेल चिनको सिगात्सेमै रोकिने छ । काठमाडौसम्म रेल कहिले सम्ममा आईपुग्ला ? अहिले देशब्यापी चासो बढेको छ ।
नेपाल चीनबिचको पारवहन सम्झौता अनुसार नेपालका लागि औपचारिक रुपमा चीन काठमाडौं रेल सेवा भने हिजै देखि नै शुरु भएको छ । काठमाडौंका लागि दैनिक उपभोग्य तथा अन्य व्यापारिक सामान बोकेर चीनको उत्तर पश्चिमी लान्झोउबाट रेल काठमाडौंका छुटेपनि रेल काठमाडौ सम्मै भने आउदैन । रेलले चीनकै स्वशासित क्षेत्र तिब्बतको सिगात्सेमा आएर काठमाडौंका लागि बोकेको सामान खसाल्ने छ । काठमाडौ सम्म नै कहिले आउला रेल ? रेल बिभागका प्रमुख अनन्त आचार्य सम्भावनाको ढोका खुलेको बताउनुहुन्छ ।
रेलले सिगात्सेमा सामान झारेपछि त्यहाँबाट सडकमार्ग हुँदै उपभोग्य तथा व्यापारिक सामान केरूङ नाका हुदै काठमाडौं आइपुग्नेछ । केरूङबाट रसुवागढी हुदै आउने सडक नाजुक भएकाले त्यसको स्थरउन्नती तत्काल गर्नु पर्ने आवस्यकता छ । काठमाडौंदेखि केरूङसम्मको दुरी १ सय ७० किलोमिटरको छ । योजना भए पाँच बर्ष भित्रैमा रेल चिनबाट सिधै काठमाडौ सम्म आईपुग्ने सम्भावना रहने बताउनुहुन्छ रेल बिभागका प्रमुख आचार्य ।
चीनबाट सिधै काठमाडौमा रेल सेवा बिस्तार भए भारतसंगको एकाधिकार तोडिने मात्रै होईन, नेपालको व्यापार र समृद्धीमा पनि यसले बिशेष महत्व राख्छ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष सुरज बैद्य सरकारले योजना सहित काम गरे अबको पाँच बर्षमा यो सपना साकार हुने बताउनुहुन्छ ।
चीनसंगका संझौता कार्यान्वयन सुरु भएपनि पूर्ण रुपमा कार्यान्वयन हुनको लागि रेल चीन देखि सिधै काठमाडौ आईपुग्नुपर्ने छ । सरकारले निजि क्षेत्रलाई साथमा लिएर विज्ञसहित अनुसन्धान थालेर काम शुरु गर्यो भने अबको पाँच बर्षभित्र चीनबाट सिधै काठमाडौ सम्म रेल आउने छ ।
तपाईंको बिचार