नेपालमा जीका भाईरसको जोखिम र त्यसको तयारी (अडियो सहित)

प्रकाशित मिति: 2016-05-13
गीता चिमोरीया

जिका भाइरसको खतरा सबैभन्दा धेरै गर्भवति महिलामा हुन्छ । वैज्ञानिकहरुका अनुसार यो रोगले ग्रस्त भएको महिलाको गर्भमा रहेको शिशुको दिमाग राम्ररी विकास हुन सक्दैन । शिशुहरुको दिमाग राम्ररी विकास हुन नसक्दा टाउको सानो देखिन्छ । 

काठमान्डु । अफ्रीका र अमेरिका लगाएत विश्वका विभिन्न मूलुकमा फैलिएर भाइरल बनेको जिका भाइरस नेपालमा पनि आउन सक्ने भन्दै यस विरुद्ध तयार रहन विश्व स्वास्थ्य संगठनले नेपाललाई सचेतना स्वरुप पत्र पठाएको छ ।

यसअघि पनि विश्व स्वास्थ्य संगठनले नेपालमा जिका भाइरस फैलन नदिनको लागि सुरक्षा सतर्कता अपनाउन सचेत गराएको थियो । जिका भाइरसबाट बच्न नेपालमा पनि तयारी शुरु गरिएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसै साता नेपाललाई पत्र पठाएको हो । नेपालमा पनि जिका भाइरसको संक्रमणको सम्भावना रहेको भन्दै यस विरुद्ध तयार रहन डब्लुएचओले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सचेत गराउँदै इमेल लेखेको हो । 

जिका भाइरस लामखुट्टेबाट सर्ने एक प्रकारको रोग हो । जिकाबाट संक्रमित लामखुट्टेले  टोकेको खण्डमा मात्रै यो रोग मानिसमा सर्दछ । एडिस एजिप्टाइ नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग सन् १९५४ मा नाइजेरियामा पहिलो पटक मानिसमा देखा पर्यो ।  

संक्रमित पाँचमध्ये एकजनामा मात्रै यसको लक्षण देखिने चिकित्सकहरु ब्ताउछन् । सामान्य ज्वरो आउने, आँखा पाक्ने, छालामा खटिरा आउने, जोर्नी दुख्ने तथा टाउको दुख्ने जिकाका लक्षणहरु हुन् ।

जिका भाइरसको खतरा सबैभन्दा धेरै गर्भवति महिलामा हुन्छ । वैज्ञानिकहरुका अनुसार यो रोगले ग्रस्त भएको महिलाको गर्भमा रहेको शिशुको दिमाग राम्ररी विकास हुन सक्दैन । शिशुहरुको दिमाग राम्ररी विकास हुन नसक्दा टाउको सानो देखिन्छ ।  यो खतरनाक रोग बिरुद्ध नेपालले पनि यसबाट बच्न तयारी गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा.बाबुराम मरासिनी बताय्उनुहुन्छ ।

जिकाको संक्रमण नेपालमा हालसम्म देखिएको छैन । जिकाको आशंकामा प्रयोगशाला पुगेका शंकास्पद बिरामीलाई एकैचोटी जिकाको परीक्षण गरिदैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक गीता शाक्यका अनुसार डेङ्गु र चिकनगुनीया रोगको परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएमात्रै प्रयोगशालाले जिकाको परीक्षण गर्छ । 

संक्रमित पाँचमध्ये एकजनामा मात्रै यसको लक्षण देखिने चिकित्सकहरु ब्ताउछन् । सामान्य ज्वरो आउने, आँखा पाक्ने, छालामा खटिरा आउने, जोर्नी दुख्ने तथा टाउको दुख्ने जिकाका लक्षणहरु हुन् । जिका भाइसरबाट बच्न सरकारी प्रयास त हुनै पर्दछ हामि आफैले पनि लामखुट्टेको टोकाईबाट बच्ने उपाय अपनाउनु पर्दछ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Sr_Gita_Chimoriya.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Sr_Gita_Chimoriya.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार