अब सबै मृगौला रोगीको निःशुल्क डाइलाइसिस

प्रकाशित मिति: 2016-05-12

काठमाण्डु । सरकारले सबै मृगौला रोगीले अब निः शुल्क डाइलाइसिस गराउन पाउने भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले निःशुल्क डाइलाइसिस सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

दिन प्रतिदिन बढ्दै गएका मृगौला रोगीहरुको अवस्थालाई मध्यनजर गरी सरकारले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । महिनामा ३५ हजार खर्च लाग्ने भएकाले धेरैले उपचार नपाएर ज्यान गुमाउने गरेका छन् ।  

नेपालमा १ सय जना स्वस्थ्य मानिसमध्ये १० जनाको मिर्गौलामा केही न केही समस्या हुने गरेको पाईएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मृगौला रोगको उपचार गराइ रहनु भएको छ । 

विश्वमा हरेक वर्ष २६ देखि ३० हजार मानिसको मृगौला फेल हुन्छ । कुल जनसंख्याको १० प्रतिशतमा यो समस्या रहेको अध्यनले देखाएको छ ।  नेपालमा करिब ३० लाखको संख्यामा मिर्गौला रोगी रहेको चिकित्सकहरुको अनुमान छ ।

चिकित्सकहरुका अनुसार बार्षिक करिब ३ हजार मृगौला रोगी बिरामीको प्रत्योरोपण गर्नुपर्ने अवस्था छ । 

तपाईंको बिचार