पेशागत र आर्थिक असुरक्षाका कारण श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा नआउँदा कति पत्रकार पत्रकारिता क्षेत्रबाटै पलायन भईरहेका छन् ।
नेपालगञ्ज । पत्रकार दिनेश ठाकुरमाथि केही महिनाअघि भउको मधेस आन्दोलनका क्रममा नेपालगंजको त्रिभुवन चोक नजिकैँ हातपात भयो । सञ्चारका थुपै्र सामग्रीहरु खोसियो, त्यो अहिलेसम्म पाउनु भएको छैन । बाँकेकै अर्का पत्रकार विनय दिक्षितलाई समाचार लेखेकैँ निहुँमा कयौँ पटक धम्की आइसकुेको छ । कति दिन जोखिम मोलेर पत्रकारिता गर्ने भनेर उहाँलाई सताइरहन्छ ।
पेशागत सुरक्षा र उचित पारिश्रमिक समयमा नपाउनु देशका अधिकांश पत्रकारको साझा समस्या हो । पत्रकारमाथि भौतिक आक्रमणका घटना भए भने प्रेस विज्ञप्ती निकाल्ने बाहेकका उल्लेख्य काम गर्न नसकेको आरोप महासंघमाथि लाग्ने गरेको छ । तर पछिल्लो समय पीडित पत्रकारहरुको पक्षमा केही काम हुन थालेको पत्रकार महासंघ बाँकेका अध्यक्ष गोविन्द शर्माको दाबी छ ।
सूचना विभाग र नेपाल पत्रकार महासंघको आकडामा १८ हजार भन्दा बढी पत्रकार कार्यरत छन् । पत्रकार महासंघ बाँकेमा मात्र २ सयभन्दा बढी पत्रकार आवद्ध छन् । देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आइसके पनि भौतिक र पेशागत सुरक्षादेखि पारिश्रमिकसम्मका कुरा अझै उठाउनु परिरहेको छ । अरुको खबर लेख्ने पत्रकार आफ्नो खबर भने बाहिर ल्याउन चाहादैनन ।
पेशागत र आर्थिक असुरक्षाका कारण श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा नआउँदा कति पत्रकार पत्रकारिता क्षेत्रबाटै पलायन भईरहेका छन् । कार्यरत पत्रकारको पनि भौतिक र ब्यवासायिक सुरक्षाको सुनिश्चितता छैन । पेशागत सुरक्षासँगै भौतिक सुरक्षा समेतको चिन्ता बोकेर पत्रकारहरुले काम गरिरहनु परेको छ ।
तपाईंको बिचार