तत्काल सरकार ढाल्ने खेलमा छैनौंः एकिकृत माओवादी

अब हाम्रो प्राथमिकता सरकार होईन ( अडियोवार्ता सहित)

प्रकाशित मिति: 2016-05-11

काठमान्डु । एकिकृत नेकपा माओवादीले तत्काल सरकार परिवर्तन आवश्यक नभएको बताएको छ । केहि दिन अघि सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेसँग नौ बुँदे सम्झौता गरेको एमाओवादीले तत्काल सरकार परिवर्तनको खेलमा नलाग्ने स्पष्ट पारेको हो ।

नौ बुँदे सहमति गर्दा एकिकृत माओवादीले बजेट पछि सरकारको नेतृत्व गर्ने आन्तरिक सहमति भएको चर्चा थियो । तर एकिकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले तत्काल सरकार परिवर्तनको मनस्थितीमा आफुहरु नरहेको सीआईएनलाई बताउनुभयो ।

उहाँले यहि सरकारले राम्रो काम गरिरहे आफुहरुको साथ निरन्तर रहिरहने समेत स्पष्ट पार्नुभयो । प्रचण्डको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको भएपनि अहिले त्यो सम्भव नदेखिएकाले अब तत्कालै ओली सरकारको बिकल्प नखोजिने शर्माले बताउनुभयो । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Dinanath.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Dinanath.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार