काठमाडौं । केही दिनयता देशभर प्री मनसुन सक्रिय भएर पानी परिरहेको छ । केही दिन यता विभिन्न ठाउँमा हल्का वर्षा भए पनि हिजो भने देशका अधिकांश भागमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी पर्ने क्रम धेरै ठाउँमा भोलिसम्म रहनेछ भने पर्सीदेखि भने पूर्वी क्षेत्रहरुमा मात्र वर्षा हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय वायुको प्रभावका साथै न्युनचापीय वायुमण्डलको प्रभावले वर्षा भएको हो । उहाँका अनुसार मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुन हुने समय मानिन्छ ।
तर हिजोआज पर्ने वर्षा भने प्रिमनसुन सक्रिए भएको हो । आज काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि साँझतिर हल्का वर्षा हुन सक्ने महाशाखाको भनाइ छ ।
तपाईंको बिचार