खेल्दा खेल्दै बनेको एउटा जोडी (अडियो सहित)

एक किकले जोडिएको मन

प्रकाशित मिति: 2016-05-10
राजन रुचाल

 

काठमाडौंको शंखमूल नजिकको एक घरको भूईतल्ला, बिभिन्न प्रकारका मेडल, तक्मा र प्रमाणपत्रले भरिभराउ एउटा कोठा छ । दीपक विष्ट र आयशा शाक्यले वर्षौदेखि तेक्वान्दोको रिङमा पसिना नबगाएको भए, सम्मानपत्रले सायदै उहाँहरुको कोठा सजिन्थ्यो होला । १७ वर्षअघि पाटन डोजाङमा ललितपुरकी आयशा शाक्यलाई दीपक विष्टलाई पहिलो पटक भेट्नुभएको थियो ।

पहिलो भेटमा दुवै जनाको देखादेख भए पनि बोलचाल भएन । दीपकको बोली सुन्न आयशालाई दोस्रो भेटको प्रतिक्षा गर्नुप¥यो । ब्यक्तिगत कामले पुनः पाटन डोजाङमा पुग्नुभएका दीपक र आयशा बीच सामान्य हाई हेल्लो र भलाकुसारी भयो ।   


नयाँ राष्ट्रिय खेलाडीको रुपमा आयशा रङ्गाशाला पुगेपछि दीपकका प्रतिक्षाका दिनहरु दशरथ रंगशालाबाट सुरु भए । एकअर्कालाई बाटो कुर्ने त्यतिबेलाको कारण दुवै जना शंखमुलमै बस्ने बाहेक अरु थिएनन् ।


अभ्यास खेलका क्रममा आयशाको औंलामा दीपकले हानेको किकले चोट लाग्यो । दीपकले तत्काल अस्पताल पु¥याउनुभयो । उपचार पछि घरसम्म छोड्नुभयो । आयशाको चोट ठिक नभएसम्म दीपकले लगातार सोधीखोजी गरिहनुभयो । त्यसपछि दीपक र आयशाका सम्बन्ध फेरियो । आयशा र दीपक दुबै त्यहि दिनलाई प्रेम जीवनको टर्निङ प्वाइन्ट मान्नुहुन्छ ।

खेलकुद्मा सफलता, मानसम्मान भएपनि दुवै जनाको प्रेम विवाहमा परिणत हुनका बाधाहरु धेरै थिए । चर्चित खेलाडीले भागेर विवाह गर्नुप¥यो । आयशासँग भेट्नुअघि दीपकको मनमा विवाहबारेको छुट्टै धारणा थियो तर वास्तविकता त्यो भन्दा अलग रह्यो ।


खेल क्षेत्रमा दुवैजनाले चढ्दै गएको सफलताको शिखर त्यो प्रेमको रुपमा पनि अंकुराउँदै गएको एकअर्कालाई थाहा हुन थाल्यो । राष्ट्रिय अन्तराष्ट्रिय खेलमा पूरुषतर्फ दिपक बिष्ट र महिलातर्फ आयशा शाक्यकै पोल्टामा हुन्थे पदकहरु । दीपकले लगातार चार पटक साग खेलकुदमा स्वर्ण जितेर किर्तिमान बनाउनुभयो । खेलकुद्मा सफलता, मानसम्मान भएपनि दुवै जनाको प्रेम विवाहमा परिणत हुनका बाधाहरु धेरै थिए । चर्चित खेलाडीले भागेर विवाह गर्नुप¥यो । आयशासँग भेट्नुअघि दीपकको मनमा विवाहबारेको छुट्टै धारणा थियो तर वास्तविकता त्यो भन्दा अलग रह्यो ।


५ वर्षअघि आयशालाई दुलहीको रुपमा भित्राएपछि दीपक विष्टले सक्रिय खेल जीवनबाट बिश्राम लिनुभयो । विवाहपछि पनि श्रीमति आयशाको खेल्ने रहर जागिरह्यो त्यसमा दीपकले साथ र सहयोग गर्न छोड्नु भएन । घर परिवारबाट पनि आयशालाई निकै सहयोग मिल्यो ।

यता दीपकले छोराको स्याहार गरेर श्रीमति आयशालाई खेलमा प्रोत्साहित गर्दा चाल पाउनुभयो, एउटी आमालाई बच्चा हुर्काउँदाको समस्या र बुवा हुनुको आनन्द ।


तीन वर्षअघि छोरा जन्मेपछि तेक्वान्दो खेललाई निरन्तरता दिनेक्रममा एसियन गेमको तयारीका लागी आयशा दक्षिण कोरिया जानुभयो । १४ महिने छोरा साथमा नहुँदाका आयशाको ४५ दिने दक्षिण कोरिया बसाई छट्पटिले भरिपूर्ण भए । यता दीपकले छोराको स्याहार गरेर श्रीमति आयशालाई खेलमा प्रोत्साहित गर्दा चाल पाउनुभयो, एउटी आमालाई बच्चा हुर्काउँदाको समस्या र बुवा हुनुको आनन्द ।


दीपक प्रशिक्षक र आयशा खेलाडीको रुपमा हिजोआज पनि खेल क्षेत्रमा सक्रिय हुनुहुन्छ । आजिवन खेल गतिबिधीमा लाग्ने प्रणसँगै फेरि एक पटक श्रीमतिले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिद्वन्दिसँग भिडिरहेको हेर्ने धोको दीपकको छ ।  


खेलकुदबाहेक घरायसी काममा पनि दीपकले आयशालाई सहयोग उत्तिकै गर्नुहुन्छ । कहिलेकाँही यो जोडीबीच सामान्य वादविवाद, ठाक्कठुक्क हुन्छ तर यस्तै ठाक्कठुक्कले झनझन माया बढाउने विश्वासले अभ्यस्त बनाएको छ । अहिले तीन वर्षिय छोरा आदीश स्कुल जान थालेका छन् । खेलेरै कमाएको पैसाले शंखमुलमै घर बन्दैछ । दीपक बिष्ट र आयशा शाक्यको जोडी खुशी छ ।


 

अडियो सुन्नुहोस्

तपाईंको बिचार