खडेरीले खेतबारी खङ्ग्रङ्ग, के होला मकैको विकल्प

प्रकाशित मिति: 2016-05-02
उमा पौडेल

खडेरीले मकै छर्न नपाएपछि मध्यपहाडि क्षेत्रका कृषकहरु चिन्तामा छन् । उच्च पहाडि क्षेत्रका किसानहरु छरिसकेको मकैको बोट मरेपछि निरास बनेका छन् 

काठमाडौं  । खडेरीले बैशाख मध्य सम्म पनि मकै छर्न नपाउदा ओखलढुंगा बलखुका गंगा प्रसाद तिमलसिना अब के बाली लगाउने भन्ने अन्यौलमा हुँनुहुँन्छ । फागुन चैतमा छरेर बैशाख जेठ सम्म बूरुर्रर उम्रीसक्ने मकै अहिलेसम्म छर्न नपाएपछि कृषक नुन बहादुर राई चिन्तीत हुनुहुन्छ । 

खडेरीले मकै छर्न नपाएपछि मध्यपहाडि क्षेत्रका कृषकहरु चिन्तामा छन् । उच्च पहाडि क्षेत्रका किसानहरु छरिसकेको मकैको बोट मरेपछि निरास बनेका छन् भने भीत्री मधेसका कृषकहरु कहिले पानी पर्ला र मकै छरौला भन्ने आशामा छन् । 

धानपछिको दोस्रो मुख्य खाद्यान्न बाली मकै नेपालमा बर्षेनी २१ लाख मेट्रीकटनको हाराहारीमा उत्पादन हुँन्छ । नेपालको उच्च पहाडि क्षेत्रमा फागुन १५ देखि चैत्रमहिना भर मकै छरिसकिएको छ । मध्यपहाडमा आधाभन्दा धेरै ठाँउमा मकै लगाईसकियो भने भित्री मधेसमा मकै छर्न बाँकि छ ।

पहाडि बाली अनुसन्धान कार्यक्रमका प्रमुख एबं मकै बिज्ञ राम नारायण बहादुर धामी मध्यपाहाडमा अझै ढिला नभएको र केही ठाउामा मेसिनले मकै छर्नै मिल्ने बताउनुहुन्छ ।

यसबर्षको खडेरीले ६० प्रतिशतभन्दा बढी मकैको उत्पादनमा ह्रास आउन सक्ने कृषि बिकास मन्त्रालयको अनुमान छ । मकै बिज्ञ हरिकृष्ण उपे्रति मध्यपहाडि क्षेत्रमा असार पहिलो सातासम्म चाडै पाक्ने जातका मकै छर्न सुझाब दिनुहुँन्छ । 

मकै छर्न ढिलो भयो भने पानी परेपछि छोटो अबधिमा फल्ने जातको मकैको बिउ पनि लगाउन सकिन्छ । मकै बालीको बिकल्पमा कुन  बाली लगाउने वा कुन बिउ प्रयोग गर्ने भन्नेबारे आफ्नो ठाँउमा उपलब्ध प्राबिधिकहरुसँग सल्लाह गर्नु आवस्यक छ  ।   

रगत भन्दा महंगो भयो पानी

तपाईंको बिचार