हातमा सिप छ, तर गाँउ सम्म भने जस्ता प्रबिधि पुगेका छैनन् । त्यसैले अरु नै पेशा अंगाल्नुपर्ने बाध्यता छ
काठमाडौं । हातमा सिप भएकाहरुले दिनभरी फलाम र आगोसंग खेलेर गज्जबका हसिया, कोदालो, कुटो लगाएतका कृषि सामाग्री बनाउछन् । कुनै समय गाँउ नै पिच्छे बिहान देखि बेलुकीसम्म आरनमा भाँडा कुडा बनाउन व्यस्त हुने समूदाय हिजो आज अर्कै पेशा अगांल्न थालेका छन् ।
हातमा सिप छ, तर गाँउ सम्म भने जस्ता प्रबिधि पुगेका छैनन् । त्यसैले अरु नै पेशा अंगाल्नुपर्ने बाध्यता छ भन्नुहुन्छ सिन्धुपाल्चोकका अर्जन बिक ।
पहिले पहिले हातैले घुमाउने कलबाट सिलाएर राम्रा राम्रा कपडा बन्थे । हिजो आज हातले घुमाउने कलको जमना गयो, सिलाईका लागि आधुनिक मेसिन आए । जुन सकारात्मक हो । तर सिलाई गर्ने समूदाय पनि परिवर्तन भयो । पुस्तौ पुस्ता देखि नै जो संग सिप थियो, उनीहरुको व्यवसाय भने संकटमा छ ।
गाँउमा बिभिन्न जीवका छाला प्रयोग गरेर चिटिक्कका कपडा तथा जुक्ता बनाउने पेशा पनि हिजो आज शहर बजार तिर सरिसक्यो । गाँउमा सिप भएकाहरुले पसिना बगाएर बनाएका छालाको जुक्ता र ज्याकेटहरु कम बिक्छन् ।
समाज प्रबिधिमैत्री हुदै जानु पक्कै पनि नराम्रो होईन तर परम्परागत पेसा गर्दै आएकालाई प्रविधि सम्पन्न बनाईएन भन्नु हुन्छ सांसद मीनबहादुर विश्वकर्मा ।
परम्परागत सिप भएका समूदायको श्रमको सम्मान नभएको कुरा पनि उठिरहन्छ । उचित श्रमको उचित ज्याला दिनुका साथै, पेसालाई सम्मानित बनाउने र प्रबिधि सम्पन्न बनाउने हो भने यस्तो सिपको बिकास र संरक्षण हुन सक्दछ ।
श्रम गर्न र पसिना बगाउन ठूला ठूला कल कारखाना आवश्यक पर्दैन । कारखानामा पुगेर मात्रै होईन, गाँउ घरमा नै रहेर पनि परम्परागत तरिकाले स साना काम गर्नेहरुले पनि बराबरी श्रम गरिरहेका हुन्छन् । तर हिजोआज भित्रिएको श्रोत र साधनको उपयोग गर्दै गाँउघरमा निश्चित समूदायमा रहेका पेशा व्यवसाय अन्य समूदायमा हस्तान्तरण भएको छ ।
तपाईंको बिचार