काठमाण्डु । वनकटुवा ८ नेपालगंजका कुलप्रसाद लामिछाने जस्तै धेरै कृषकहरुलाई अहिलेको खडेरीले निकै निराश बनाएको छ । हरेक बर्ष पश्चिमि वायुको प्रभावले पर्ने पानी यस बर्ष निकै कम पर्यो । २०७२ साल भर नै अघिल्लो बर्षहरुको तुलनामा कम पानी परेको मौसम पुर्वानुमान बिभागको बिश्लेषण छ ।
लामो समयदेखिको खडेरीका कारण देशका अधिकांस ठाँउमा पिउने पानीको अभाब छ । गाईबस्तुलाई खुवाउने देखि खेतिपातीको सिचाईका लागि त समस्या
अघिल्लो बर्षको बैशाखदेखि नै पश्चिमी बायु निकै निष्कृय भएकाले खडेरी भएको मौसमबिद् बिभुति पोख्रेलको भनाई छ । खडेरीले जताततै जंगलहरुमा आगलागि भैरहेको छ भने खेतियोग्य जमिन मरुभुमि जस्तो भएका छन । खडेरीले बिभिन्न बनस्पती, किरा फट्ंङ्ग्राहरुको लोप हुँनुका साथै मानिसहरुलाई पनि बिभिन्न रोगको जोखिम बढ्न सक्छ ।
खडेरीले नेपालमा पनि विपद्कै रुप लिएको बताउनु हुन्छ वातावरण एवं बिपद्बिद् अमृत शर्मा । लामो समयदेखिको खडेरीका कारण देशका अधिकांस ठाँउमा पिउने पानीको अभाब छ । गाईबस्तुलाई खुवाउने देखि खेतिपातीको सिचाईका लागि त समस्या छ नै फल्ने बेला भएको बाली पनि पानीको अभावमा सुक्न थालेपछि किसानहरु चिन्तित छन् ।
खडेरीका कारण तराईसहित मुलुकका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ। सर्वसाधारणको दैनिकी कष्टकर बन्न पुगेको छ ।
गर्मीकै कारण बिरामीसमेत बढेका छन् । खडेरीका कारण मल छर्न नपाउँदा खेत बाँझै छन्, गहुँ उत्पादन घटेको छ । तरकारी बोटमा नै सुक्न थालेका छन् । पानीको हाहाकारमा गाइबस्तु पाल्न समेत समस्या देखिएको छ ।
श्रीलंकाको राजधानी कोलम्बोमा भरखरै सम्पन्न दक्षिण एसियाली राष्ट्रहरुका मौसमविदहरुको बैठकले दक्षिण एसियामै मनसुन औसत कम हुने निष्कर्ष निकालेको छ । नेपालमा पनि कम पानी पर्ने र पूर्वी, मध्य तथा सुदूर क्षेत्रमा बैशाख अन्त्यतिर कम बर्षा शुरु हुने मौसमबिद्हरुको भनाई छ ।
तपाईंको बिचार