भोलि उठी कहाँ जाने केही थाहा छैन

सयौ बस्ति जोखिममा, स्थानान्त्रणबारे सरकार अन्यौलमा (अडियोसहित)

प्रकाशित मिति: 2016-04-25
उमा पौडेल
photo : googel
photo : googel

काठमाडौं । रसुवाकी स्याङ् नोर्चि जस्तै भुकम्पपछि बिस्थापीत सयौ बस्तिका नागरीकहरुलाई अस्थाई बासकै चिन्ता छ । २०७२ सालको भुकम्पले भुकम्प प्रभावित १७ जिल्लाका १ सय ९३ बस्ति जोखिममा परे । ६ हजार ९ सय ४५ परिवारको उठिवास भयो ।

केहीलाई सरकारको तर्फबाट सुरक्षित स्थानमा स्थानान्तरण गरियो, कतिले आफै चाजोपाजो मिलाउदै बसाई सरे । गृह मन्त्रालयका प्रबक्ता यादव प्रसाद कोईराला मन्त्तालयले तथ्याङ्क संकलन गरेर पुनःनिर्माण प्राधिकरणलाई बुझाएको बताउनुहुन्छ । उहाँका अनुसार झण्डै ५ सय बस्ति जोखिममा छन् । 

भुकम्पवाट सबैभन्दा बढी गोर्खाका बस्ति स्थानान्तरण गर्नुपर्ने गृहमन्त्रालयको प्रतिवेदनले देखाएको छ । ओखलढुंगा, लमजुङ्, धादिङ्, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाका वस्ति बढी प्रभावित भएका छन् । एकातिर पैसा नपाउँदा घर बनेका छैनन अर्कोतिर मानवबस्ति रित्तो बन्दैछन् । 

भुकम्प गएको १ बर्षसम्म पनि जोखिममा रहेका बस्तिका नागरीकको स्थानान्तरण हुन सकेको छैन । ‘अहिले अर्कोको जग्मा भाडा लिएर बसिएको छ’  रसुवाकी स्याङ् नोर्चि भन्नुहुन्छ ‘यहाँबाट उठेर कहाँ जाने कुनै टुङ्गो छैन ।’ 

गृह मन्त्रालयले तत्काल उच्च जोखिममा रहेका बस्तिबारे पुननिर्माण प्राधिकरणलाई जानकारी गराएको छ तर प्राधिकरण अलमलमा छ । तर, प्राधिकरण काम भइरहेको दावी गर्छ ।  एकीकृत वस्तिको अवधारणा अनुसार फास्ट ट्यांकबाट काम भईरहेको पुननिर्माण प्राधिकरणका प्रबक्ता राम थपलियाको दावी छ । 

बसिरहेको जमिन बस्न लागेक छैन, सर्ने ठाउँ पनि छैन । खेती गरिरहेको जग्गा जमिन, समाज, रितिथिति चटक्कै छाडेर टाढा जान पनि सकिदैन । एकातिर तिर चुनौतीको पाहाड छ अर्कोतिर उसरकारले ध्यान नदिदा नागरीकहरुको ब्यवस्थापनमा टाढा धकेलिएको ईन्जिनियरिङ् एसोसियसनका अध्यक्ष ध्रुव थापाको आरोप छ ।

अझै भुकम्पपछि जोखिममा रहेका ५ सय बस्ति तत्काल स्थानान्तरण गर्नुपर्ने पुननिर्माण प्राधिकरणको तथ्यांक छ । गोरखाको लापराक बाहेक अरु बस्ति कहाँ सार्ने ? सरकार निर्णयमा पुगेको छैन नागरिक अन्यौलमा छन् । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार