हुम्ला । ‘स्वास्थ्य संस्थामा औषधी नपुगे सम्बन्धित निकायलाई कारबाही हुन्छ’ केहीदिनअघि राजधानी काठमाडौंमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारी कार्यक्रममा नै भाषणा गर्नुभयो । भाषणले सबै सञ्चार माध्यममा स्थापना पनि पायो ।
तर, कर्णाली अञ्चलमा पुग्दा वास्तिविकता मन्त्रीको धाषणभन्दा ठीक उल्टो छ । अस्पताल, चिसिकत्सक नहुँदा ठूलो रोग लाग्यो की मृत्यु कुनुपर्ने दुर्गमका नागरिकले बाध्यता अझै हटेको छैन ।
कर्णालीमा अहिले निःशुल्क सजिलै पाइने औषधी पनि सकिएको छ । जिल्ला अस्पतालमै औषधी नभएपछि जिल्लाका स्वास्थ्य चौकीबाट औषधी लिन आउने इन्चार्ज खाली हात फर्किने गरेका छन् ।
हुम्ला जिल्लाको जिल्ला अस्पताल देखि सबै स्वास्थ्यमा चरम औषधी अभाव भएको छ । जिल्लाको एक मात्रै अस्पतालजिल्ला अस्पतालमा जाने बिरामीले सबै औषधी मेडिकलबाट किनेर चलाउने गरेका छन् । डाँडाफयाँकी इस्वरा सिंह अस्प्ताले पनि औषधी किन्नु परेको बताउनुहुन्छ ।
सिमकोट देखि जिल्लाभरी नै मौशमी बिरामीको संख्या बढेको वेला स्वास्थ्य संस्थामा औषधीको चरम अभावभएको हो ।
क्षेत्रिय स्वास्थ्य निर्देशनालयबाट औषधी नआएको र जिल्लाबाट खरिद गर्ने औषधी समेत खरिद नभएकाकारण औषधीमो अभावभएको अस्पताल विकास समितिका अध्यक्ष डवल रावलले बताउनुभयो ।
तर जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता नरेश श्रेष्ठले आफू काठमाडौंमा रहेका कारण थाहान भएको बताउनुहुन्छ । हुम्लाको अवस्था बुझेपछि मध्यपश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रिय निर्देशक भोगेन्द्र डोटेलले केहीदिनमै सामान्यमा आउने दावी गर्नुभयो ।
अहिले जिल्ला स्वास्थ्य कार्यालयमा सरकारले निुल्कदिएको ७२ थरी औषधी मध्ये जम्मा सिटामोल, मेट्रो, भिटामिन बि कम्पक्ेलेक्स, कोट्रीम, आइरन, अबलेण्डाजोल र जिवनजल मात्रैछ ।
तपाईंको बिचार