उतारचढावको यात्रामा थामिएको हात, विरलै भेटिने साथ अडियोसहित)

प्रकाशित मिति: 2016-04-19
उमा पौडेल

पार्टीको लडाईमा विवाह त भयो जिम्मेवारीका कारण श्रीमान श्रीमतिको भेटका लागि महिनौ कुनुपर्ने बाध्यता आयो । नयाँ जोडि न त चिरिच्याट्ट परेर कतै हिडे, घुमे । बिवाह पछि नै छुट्टा छुट्टै राजनितिक मैदानमा उत्रिए । 

काठमाडौं । २०२७ सालतिर झापामा जब जमिनदार विरुद्ध विद्रोह भयो लडाइमा होमिएका भेरै युवा युवति तिरिवितर भए । कोही पूर्व छाडेर आन्दोलनको विकुल फुक्दै पश्चिम छिरे कोही छिमेकी देश भारततिर पसे । परिवारसँगको सम्बन्ध त तोडियो मोडिएको बाटोले धेरै सम्बन्ध पनि जोडिन पुगे । त्यही क्रममा भेट भयो अहिले एमालेका सभासद गौरा पर्साई र गोविन्द कोइरालाको पनि । 

त्यति बेलाको मालेको विद्यार्थी संगठनमा सक्रिय पाल्पाको दोरुंगा जन्मिनुभएका कोइराला र  गौराको भेट भारतको बानारसमै भएको हो । भेट भारतमा भयो । पूर्वपश्चिम डुल्दा डुल्दै मनले एक अर्कालाई नेपालमै खाइसकेको थियो । तर, घर बसाउने र जीवन साथीको साथ जुराउने संयोग भने एमालेका बरिष्ठ नेता झलनाथ खनाले जुराइ दिनु भएको हो । 

हलियाकी छोरीका रुपमा झापाको एउटा बिकट गाँउमा जन्मिनुभएकी गौराको बाल्यकाल घाँस दाउरा, मेलापातमै बित्यो । छोराछोरी बिचको बिभेद्को पहाड नै थियो त्यतिबेला । ढिलै भएपनि परिवारको सहयोगमा पढ्ने मौका त मिल्यो तर अधुरै रह्यो ।  

गरिब परिवारकी छोरी चिटिक्क परेकी गौरामाथि उबेलाका जमिनदारले आँखा गाडेका थिए । राम्रा छोरी चेली दिनदहाडै अपहरण पथ्र्ये । ८ कक्षा पढ्दापढ्दै विद्रोहको भावनाले भुमिगत बन्नु भएकी गौराले अनगन्ती दुःखका पाहाड छिचोल्नु परेको थियो । 

पार्टीको काम मुख्य ठान्ने तर जिम्मेवारी बुहारीको बेहोर्नुपर्ने गौराले कयौ दुःखका पाहाड छिचोलेको अहिल्यै जस्तो लाग्छ ।   १६ बर्षको उमेरमा भारतको मुम्बईमा बेचिएर २२ दिन कोठिमा बिताउनु मात्रै होईन ३० महिनासम्म बाथको समस्याले उठ्नै नसक्नेगरी थलिएको कहाँली लाग्दो कहानी पनि गौरासँगै छ ।

समाज सुधारका लागि विद्रोह गर्दा गर्दै १५ बर्षमै जेल पर्नुभएकी गौरालाई परिवारले समाजले ठूलो सम्मान पनि दिएकै हो । दिन वित्तै जाँदा गौरालाई अर्को घरमा सार्ने अथवा विवाह गर्ने योजना बनेपछि भने फेरि गौराले सुटुक्क घर छाड्नु भयो ।

तर, उहाँमाथि अचानक विपत्ति आइलाग्यो दलाले मुम्बईको कोठीमा लगेर बेचे । २२ दिनपछि ग्राहकको बाहानामा कोठी पुग्नु भएका जोशन बिकले उद्धारगरेपछि भने नयाँ जन्मको महसुस भयो । 

२२ दिन कोठिमा बसेर फर्किनुभएकी गौरालाई विवाह गर्दा गोबिन्दको बारेमा कुरा काट्नेहरु पाइलैपिच्छे थिए । गौराका जिवनसाथी गोबिन्दलाई न त कुरा काट्नेहरुमाथि मतलब भयो, न त श्रीमतिले अरु महिलाले गर्दे आएको जिम्मेवारी आफु र घरपरिवार प्रति निभाईनन् भन्ने गुनाँसो नै । उहाँ केवल गौराको सफलतामा हातेमालो गर्दे अघि बढ्नुभयो । 

पार्टीको लडाईमा विवाह त भयो जिम्मेवारीका कारण श्रीमान श्रीमतिको भेटका लागि महिनौ कुनुपर्ने बाध्यता आयो । नयाँ जोडि न त चिरिच्याट्ट परेर कतै हिडे, घुमे । बिवाह पछि नै छुट्टा छुट्टै राजनितिक मैदानमा उत्रिए । 

पार्टीको काम मुख्य ठान्ने तर जिम्मेवारी बुहारीको बेहोर्नुपर्ने गौराले कयौ दुःखका पाहाड छिचोलेको अहिल्यै जस्तो लाग्छ ।   १६ बर्षको उमेरमा भारतको मुम्बईमा बेचिएर २२ दिन कोठिमा बिताउनु मात्रै होईन ३० महिनासम्म बाथको समस्याले उठ्नै नसक्नेगरी थलिएको कहाँली लाग्दो कहानी पनि गौरासँगै छ ।

जिवनका कष्टपुर्ण यस्ता दिन सम्झिदा गौरा प्रसाई जति दुखि देखिनुहुँन्छ, त्यतिबेलाको श्रीमान्को साथले सबै अप्ठ्रालाई एकैछिन भुलाईदिन्छ । गौरालाई लाग्छ उहाँको जिवनमा गोबिन्द नआउनुभएको भए, अहिले गौरा प्रसाई, गौरा हुँदिन थिए । लामो समयसँगै बसेर कुरा गर्दा गौरा र गोविन्द एक अर्कालाई पुलुक्क हेथ्र्ये मुसुक्क मुस्कुराएर हाउभाउबाटै माया साटासाट गर्थे ।  

जीवनको ५२ बर्षसम्म आइपुग्दा २ छोरी र १ छोरा सँगै हुर्किए अहिले फेरि काठमाण्डुको टोखाका एउटा बस्तिमा एक्लै बाँकी जीवनसँगै विताउने योजनाका साथ बसिरहेका छन् ।  गौरा गित गाँउन मन पराउनुहुँन्छ । गोबिन्दलाई कविता लेखन र वाचनको राम्रो ज्ञान छ । धेरै स्वभव मिल्छन् केही विमति बसेरै हल हुन्छन् । गौरा अहिले सभासद हुनुहुन्छ ।

कुनै बेला राजनीति नै जीवनको क्रर्म मान्ने गोविन्द भने राजनीतिबाट निस्किृय बन्नु भएको छ । तरपनि गौराको सक्रिय जीवनमा असल जीवन साथीको भूकिकामा सक्रिय भइरहने योजना छ ।

कतिपयलाई राजनीति गर्न आफन्त, अग्रज वा अरु ठूलाबडाहरुले आधार खडा गरिदिन्छन् भने कतिपयले घरपरिवार, समाजका कैंयौ बाधा छिचोल्दै यात्रा तय गर्छन् । सांसद गौरा प्रसाइको यस्तै यात्रामा उहाँको श्रीमान गोविन्द कोइराले काँध थापेर सजिलो बनाइदिनु भएको छ । 

अर्को जोडी

जुन मोडमा साथ भेटियो त्यही मोडबाट जीवनले कोल्टे फेर्यो 

बिरलै भेटिने एउटा जीवन्त जोडी

एउटा सपनाले डोर्याएको प्रेमील जोडी(अडियोसहित)

हरेक मान्छे, परिवार, समाजमा खोजी असलको हुन्छ तर चर्चा खराबकै बढी सुनिन्छ । असल बुहारी वा श्रीमति हुनको निम्ति छोरीलाई सानैदेखि अभ्यस्त बनाउने प्रयास हुन्छ । तर, के छोराहरु असल श्रीमान वा असल साथी हुनु पर्दैन ? त्यसको अभ्यास कमजोर छ । श्रीमान मात्र होइन असल साथी बन्ने तीनै पात्रको खोजीमा साझा खबरको नयाँ रेडियो श्रृखला ।  हरेक सोमबार साँझ ७ :३० बजेको साझा खबरमा सुन्न सकिन्छ ‘जीवन साथी कस्तो जाती’ । 

रेक सोमबार साँझ ७ :३० बजेको साझा खबरमा सुन्न सकिन्छ ‘जीवन साथी कस्तो जाती’ 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Gura_Prasai_+Gobinda_Koirala_love.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Gura_Prasai_+Gobinda_Koirala_love.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार