'आधा च्यात्तिएको डोको नै हाम्रो एम्बुलेन्स'

प्रकाशित मिति: 2016-04-18
हिमा अर्याल बिजय एफएम, नवलपरासी

मध्ये तराईको जिल्ला मानिने नवलपरासीको डाँडाझेरी गाविस पनि सडक नपुग्दा नागरिकलाई समस्या परेको छ ।  जिल्लाका हिसावले हुँला र डोल्पा र गाविसका हिसावले ५ सय ८४ वटा गाविसमा अझै सडक पुरयाउन सकिएको छैन । 

गैडाकोट । नवलपरासीको डाँडाझेरी ७ का पुर्णबहादुर सारुले बारीमा मौसमी फलले ढपक्कै ढापेको छ । बजारसम्म पुर्याएर बेच्न सके घरखर्च टथ्र्योकी भन्ने आशा पनि छ । तर डोकाको डोका सामान बजारसम्म कसरी पुरयाउने ? सडक नहुँदा समस्या परेको छ । 

नवलपरासीको दुर्गम मानिएको डाँडाझेरी अदुवा, सुन्तला, जामुन, निवुवा, कागती लगाएत बस्तुको उत्पादनको पकड क्षेत्र हो । तर उत्पादन गरेको बस्तु बेचेर आम्दानी गर्ने उपाय छैन । स्थानीय गणेशवा ढकाल सडक नहुँदा हरेक बर्ष बारीमा सुन्तला खेर गइरहेको बताउनुहुन्छ । 

बजारसम्म जान पैदल बाहेकको अर्को विकल्प नभएपछि बारीको उत्पादन बजार पुरयाउन समस्या त छ नै बिरामी पर्दा सबैभन्दा ठूलो दुःख झेल्नु परेको छ । बिरामी बोक्ने एम्बुलेन्सका रुपमा डोकोको साहारा लिनु परेको छ । कृष्णबहादुर सारु सडक नभएका कारण गाउँलेहरु विरामी पर्दा ज्यान जान्छ भन्ने चिन्तामा रहेको बताउनुहुन्छ । ‘गाउँमा सडम नपुगेपछि बिरामी पर्दा आधा डाको काटेर बोक्नु पर्ने बाध्यता छ उहाँले भन्नुभयो, डाको बोक्ने मान्छे समय नभएको बेला के गर्ने होला ? ’

स्थानीयले सडक बनाउनका लागी गाविसलाई हारगुहार गरेको पनि गरिरहेकै छैन । आफै सडक बनाउछु भनेर पैसा पनि उठाएका छन् । तर पैसा उठाए पनि सडक खन्ने काम अघि बढेको छैन भन्नुहुन्छ डाडाझेरी ७ का स्थानिय चतुरे सारु मगर ।

मध्ये तराईको जिल्ला मानिने नवलपरासीको डाँडाझेरी गाविस पनि सडक नपुग्दा नागरिकलाई समस्या परेको छ । गाविस सचिव यम प्रसाद भुषाल भनेस्थानियले नै विवाद गर्ने गरेकोले सडक बनाउन नसकिएको दावी गर्नुहुन्छ । 

नवलपरासीको विकट मानिने यो क्षेत्रमा सडक मात्र होइन, खानेपानी, शिक्षा, विद्युत जस्ता आधारभुत सेवा सुबिधाबाट पनि स्थानिय बासिन्दा बन्चीत छन् । जिल्लाका हिसावले हुँला र डोल्पा र गाविसका हिसावले ५ सय ८४ वटा गाविसमा अझै सडक पुरयाउन सकिएको छैन । अर्को बर्ष सबै गाविसमा सडक पुरयाउने सरकारको दावी छ ।  तस्बिर गुगल

तपाईंको बिचार