दुर्घटना भयावह-हरेक ६ सेकेण्डमा एक जनाको मृत्यु

प्रतिवेदन भन्छ : चालक मुख्य कारण, मृत्युको चौथो कारण सडकमा हुने दुर्घटना

प्रकाशित मिति: 0000-00-00
सोविता रिसाल

नेपालमा भने दैनिक औसत ५ देखि ६ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीको अनुसार नेपालमा सडक दुर्घटना हुनुको मुख्य कारणमा चालकको लापरबाही रहेको छ ।

काठमाडौं । विश्व स्वास्थ्य संगठनको प्रतिबेदन अनुसार नेपालमा मानिसको मृत्युको चौथो कारण सडक दुर्घटना हो । बर्षेनी नेपालमा हुने मृत्यु मध्ये ७ प्रतिशत मानिसको सडक दुघटनाबाट मृत्यु हुन्छ ।  ट्राफिक प्रहरीको तथ्यांक अनुसार यो आर्थिक बर्ष सकिन अझै ३ महिना बाँकी रहदा सम्ममा १२ सय ७९ जनाको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।

अघिल्लो बर्ष २ हजार ४ जनाको मृत्युभएको थियो । नेपालको भौगोलिक अवस्था, कमजोर सडक निति, चालकको लापरबाहीका कारण सडक दुर्घटना धेरै हुने गरेका छन् । विश्वको तथ्याङक हेर्दा प्रति ६ सेकेण्डमा १ जनाले सडक दुर्घटनामा ज्यान गुमाउछन् ।

नेपालमा भने दैनिक औसत ५ देखि ६ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीको अनुसार नेपालमा सडक दुर्घटना हुनुको मुख्य कारणमा चालकको लापरबाही रहेको छ । दुघटनाका कारण मध्ये चालकको लापरबाही ६७ प्रतिशत, यात्रुको गल्ती ४ प्रतिशत, ओभरटेक ४ प्रतिशत, तीव्र गति १५ प्रतिशत, यान्त्रिक गडबडी ४ प्रतिशत र अन्य ६ प्रतिशत छ ।  

यातायात व्यवस्था बिभागका महानिर्देशक बसन्त अधिकारी  मुख्य कारण चालक हुने गरेको दावी गर्नु हुन्छ । 

बिशेष गरी पहाडी मार्गका सडकहरुमा खादा खाद गरेर यात्रु बोकेका बसहरु धेरै दुर्घटनामा पर्छन । यसैपनि पहाडी सडक पक्कि हुदैनन्, त्यसमा दक्ष चालक नहुनु, बजारमा प्रयोग गरे थोत्रो भएका सवारी साधन पहाडका बाटोमा चलाउन पठाइदिनु, घुमाउरो बाटो, स्थानीय स्तरमा नै बनेका बाटोहरुमा धेरै दुर्घटना भएका छन् ।

यस्ता बाटामा ख्याल गर्नुपर्ने चालकले नै हो, तर चालक नै गम्भिर नहुदा दुर्घटना बढ्यो भन्नुहुन्छ बिभागका महानिर्देशक बसन्त अधिकारी । हाम्रा सडक पनि दुर्घटनाका कारण रहेको सिभिल ईज्जिनिएर सुजन अधिकारीको दावी छ । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात विभागलाई सवारी धनीलाई ब्लु बुक दिने, सवारी दर्ता खारेज गर्न सक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्न सक्ने अधिकार छ । तर बिभागले पनि भने जसरी काम गर्न सकेको छैन ।

चालकहरुले पनि सरकारले तयार पारेको मापदण्ड मान्दैनन् । ट्राफिक प्रहरी भने चालकलाई चेतना जगाउने काममा व्यवस्त छ । ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र बहादुर मल्ल चालक र यात्रु दुइटै नियमभित्र नबस्दा दुर्घटना हुने गरेको बताउनुहुन्छ । 

चालकले आफ्ने व्यवहार सुधार गर्ने र सवारी साधनलाई मर्मत गरि चुस्त अवस्थामा राख्ने हो भने आधा दुर्घटना कम हुन्छ । त्यस्तै सडकहरु सुधार्ने, यात्रु तथा पैदल यात्रिहरु सचेत हुने हो भने दुर्घटना न्यूनिकरण हुन्छ । 

तपाईंको बिचार