नयाँ र पुराना गीतको चर्चा

कुनै खहरे झैं हराउने, कुनै समुन्द्र झैं रहने किन ?

प्रकाशित मिति: 2016-04-09
उमा पौडेल

केही गीतहरु निकै लामो समय सम्म पनि चलिरहन्छन् । केही गीतहरु भने छोटो सयमका लागि चर्चामा आँउछन् पछि त्यतिकै सेलायर जान्छन । एउटै गीत लामो समयसम्म चल्नको लागि के के आवस्यक होला ? 

काठमाडौं । 
पर्खि बसे आउला भनी उठ्ने पालो.................

२०१७ सालमा नारायण गोपालले गाँउनुभएको यो गीत त्यतिबेला जति चर्चामा थियो, यतिबेला पनि जनजिव्रोमा उत्तिकै झुण्डिएको छ । अहिले पनि उत्तिकै कर्णप्रिय छ । थोरै मात्र गीतहरु कालान्तरसम्म चलिरहन्छन् । तर धेरै गीतहरुकमो आयु निकै कम हुन्छ । 

क्याम्पस पढ्न आउने
सरले उता पढाउने, हामी आँखा जुधाउने, चित्त बुझाउने.......

२०६७ सालमा बजारमा आएको पशुपति शर्माले लेख्नुभएको यो गीत २ बर्ष सम्म निकै चल्यो । पछि बिस्तारै कम बज्न थाल्यो । अहिले निकै कम चर्चामा छ ।

एउटै गीत लामो समयसम्म चल्न नसक्नुको कारणबारे गायीका राधिका हमाल त्यसले बोकेको शब्द, जनजीवनसँग सामिप्यतालाई मुख्य कारण मान्नु हुन्छ ।  गीतकार प्रकाश केसी गीत संगीतमा बढी साहित्यीक शब्द र जटिल शब्दको प्रयोग हुँने हुनाले छोटो अवधिसम्म मात्रै गीत चर्चामा आउने गरेको बताउनुहुँन्छ । पछिल्लो समय गीतमा स्तरियता घटेको भन्दै गीतकारले सरल भाषाको प्रयोग गर्नुपर्ने केसीको भनाई छ । 

गीत सदाबहादर हुँनका लागि शब्द जनजिब्रोमा झुण्डने किसिमको हुनुपर्दछ, संगीत मन पग्लने खालको अनि स्वर स्तरिय हुनुपर्छ । संगीतकार अर्जुन पोख्रेल  पहिले पहिले गीतका सबै पक्ष अध्ययन गरेर मात्रै संगीत भर्ने गरिएकाले पुराना गीत अलि बढि प्रसिद्ध भएको बताउनुहुन्छ । 

पहिले पहिले महिनामा १, २ ओटा गीत रेकर्ड हुँन्थे । आजभोली दैनिक जसो नयाँ गीतहरु बजारमा आईरहन्छन् । यो सँगै गायन क्षेत्रमा नयाँ गीतकार, संगीतकार, गायकहरुको जन्म भईरहेको हुँन्छ । गीत संगीतको क्षेत्रमा प्रवेश गर्नेहरु कत्तिको तालिमप्राप्त छन् लगाव र निरन्तर भन्ने कुराले स्तरियतामा निकै प्रभाव पार्ने विश्लेषकहरुको तर्क छ ।  

केही गीतहरु निकै लामो समय सम्म पनि चलिरहन्छन् । केही गीतहरु भने छोटो सयमका लागि चर्चामा आँउछन् पछि त्यतिकै सेलायर जान्छन । एउटै गीत लामो समयसम्म चल्नको लागि के के आवस्यक होला ? गीतकार, संगितकार र गायकले समेत ध्यान नदिएको साहित्य, संगितका साधकीहरुले बताउने गरेका छन् ।  

तपाईंको बिचार