बिरलै भेटिने एउटा जीवन्त जोडी (अडियोसहित)

प्रकाशित मिति: 2016-04-05

सन्तोषको परिवार र आफन्तलाई मात्र होइन छिमेकीहरु पनि यो दम्पति उदाहरणीय ठान्छन्। विन्दाकै कारण सन्तोषको पनि फरक पहिचान बनेको छ ।

काठमाडौं । आइतबार राति झन्डै साढे ८ बजे काभ्रेको दाच्पाका सन्तोष पौडेललाई भेट्न उहाँको निवास पुग्दा  घरायसी काममा ब्यस्त हुँनुहुँदो रहेछ । कुराकानीको लागि त्यहाँ पुगेको देखेपछि हातमा साँचो झुन्ड्याउदै हस्याफस्याङगर्दै गेट खोल्न आईपुग्नुभयो । । 

दाप्चामा ३ तले घरको पहिलो तला भाडामा लिएर बस्दै आएका पौडेल दम्पतिमध्य श्रीमति बिन्दा भुर्तेलको दृष्टि क्षमता निकै कम छ । तर बत्ति नजिकै राखेर बिद्यालय निरीक्षक तयारी पुस्तिकाको पन्ना पल्टाउँदै गर्नु भएका उहाँले भन्नुभयो । 

शिक्षण पेसा गरिरहनु भएका विन्दाले पढ्दै वा अरु तयारी गर्दैगर्दा उहाँका श्रीमान सन्तोष भान्साको काममा व्यस्त हुनुहुन्थ्यो ।  

बिन्दालाई  सबै काममा सघाउने सन्तोष  विन्दाको सहारा बन्नु भएको छ । 

समयमै उपचार नपाएर जन्मेको १ महिनापछि विन्दाले दृष्टि गुमाउनुभयो । ११ बर्षको हुँदा उपचार गरेपछि थोरै मात्र देख्न थाल्नुभयो, त्यसपछि दृष्टिबिहिनहरुले पढ्ने बिशेष कक्षा  मार्फत प्राथमिकदेखि स्नातकोत्तर तहसम्मको पढाई उहाँले पूरा गर्नु भएको छ । 

पढौला जागिर खाँउला भन्ने त थियो, तर सन्तोषजस्तो श्रीमान् पाँउला भन्ने विन्दालाई कहिल्यै लागेको थिएन । 

सन्तोष पौडेल नेपाल बिद्युत प्राधिकरणको 'मिटर रिडर' अर्थात ग्राहकको बिजुलीको बिल कति आयो भनेर हेर्ने काम गर्नुहुन्छ । पूर्ण सवलांग सन्तोषले दृष्टिबिहिन बिन्दासँग वैवाहिक सम्बन्ध गाँसेको पनि ४ वर्ष पुग्यो । यत्तिको केटाले राम्री केटी पाँउछस् भन्नेहरु पनि धेरै थिए । 

कति जल्छौ आरिसले , अझै जल्दै गर 

म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर

कुन्ति मोक्तानले गाउनु भएको यो गीतजस्तै सन्तोषले कसैको कुरा सुन्नु भएन केवल जुट्नुभयो बिन्दाको स्याहारमा ।

विन्दाको सुख दुखको सहारा भनेकै सन्तोष बन्नु भएको छ । उहाँकै साथ लिएर निम्न माध्यमिक र माध्यमिक तहको शिक्षकमा नाम निकाल्नुभयो तर मौखिक परीक्षामा सफलता हात लागेन । श्रीमानबाट पाएको साथबारे बताउँदा विन्दाका आँखा खुशीले चहकिला देखिए ।  

माईंतिपट्टि ६ दिदिबैनी मात्रै भएका कारण बुढेशकालका बुवाआमालाई आफैसँग राख्ने काईली छोरी बिन्दाको मन भयो । आफुलाई समेत स्याहारेर बस्नुपर्ने श्रीमान्को बाध्यता बुझेकी उहाँले धेरै दिनसम्म आफ्नो इच्छा श्रीमानसँग सुनाउने आँट गर्नु भएन । बुवाआमालाई सँगै राख्ने आफ्नो प्रस्ताव सन्तोषले सजिलै स्वीकारेको त्यो दिन संसार नै जितेको अनुभव भएको थियो  विन्दालाई । 

बिन्दाका बुवाआमाको भनाइ अनुसार आफ्नै छोरोजस्तो ज्वाई पाईएला भन्ने कल्पना समेत गरिएको थिएन ।

सन्तोषको परिवार र आफन्तलाई मात्र होइन छिमेकीहरु पनि यो दम्पति उदाहरणीय ठान्छन्। विन्दाकै कारण सन्तोषको पनि फरक पहिचान बनेको छ । १२ वर्षदेखि बिन्दासँगै बस्दै आउनुभएका काभ्रेको निलम घले ।  

सन्तोष पौडेल र बिन्दा भुर्तेलकी अढाई बर्षकी छोरी सम्रागी छिन् । नजिकैको प्ले ग्रुपमा भर्ना भएकी उनको स्याहारसुसार सन्तोषले नै गर्नुपर्छ ।  

विवाहपछि दिएको अमूल्य साथ त मीठो लाग्छ नै, बिन्दालाई सन्तोषले पकाउनुभएको गुन्द्रुक खाने परिकार मध्य सबैभन्दा स्वादिलो लाग्छ । श्रीमतिकको उन्नति, प्रगति र दीर्घायूका लागि हरेक मंगलबार र एकादशीमा ब्रत बस्ने सन्तोषको सामु एक दिन विद्यालय निरिक्षक बनेर श्रीमानलाई सुन्तुष्टि दिलाउने हुटहुटी विन्दाको मनमा जागिरहेको छ । 

एउटा अर्को जोडी

जुन मोडमा साथ भेटियो त्यही मोडबाट जीवनले कोल्टे फेर्यो 

हरेक मान्छे, परिवार, समाजमा खोजी असलको हुन्छ तर चर्चा खराबकै बढी सुनिन्छ । असल बुहारी वा श्रीमति हुनको निम्ति छोरीलाई सानैदेखि अभ्यस्त बनाउने प्रयास हुन्छ । तर, के छोराहरु असल श्रीमान वा असल साथी हुनु पर्दैन ? त्यसको अभ्यास कमजोर छ । श्रीमान मात्र होइन असल साथी बन्ने तीनै पात्रको खोजीमा साझा खबरको नयाँ रेडियो श्रृखला ।  हरेक सोमबार साँझ ७ :३० बजेको साझा खबरमा सुन्न सकिन्छ ‘जीवन साथी कस्तो जाती’ । 

हरेक सोमबार साँझ ७ :३० बजेको साझा खबरमा सुन्न सकिन्छ ‘जीवन साथी कस्तो जाती’ 

अडियो सुन्नुहोस्

तपाईंको बिचार