दाङ । राप्तीका पाँच वटा जिल्लामा आर्थिक बर्ष २०७२÷०७३को साउनदेखि माघसम्म बेपत्ता हुने महिला र बालबालिकाहरुको संख्या झण्डै ३ सय ५० पुगेको छ । बेपत्ता भएका मध्ये ५० जना भेटिए पनि अरु २ सय ९४ जनाको अवस्था अज्ञात नै छ । किन यसरी बेपत्ता हुने क्रम बढेको हो त ? अनुसन्धान जारी रहेपनि यसको चिक्त बुझ्दो जवाफ फेला परेको छैन ।
राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तुलबहादुर कार्की व्याप्त गरिबी नै यसको मुख्य कारण भएको दावी गर्नुहुन्छ । ‘कारणहरु अरु धेरै पनि होलान तर गरिबी मुख्य देखिन्छ’ ‘उहाँले भन्नुभयो, ‘ त्यस कारण बेपत्ता हुने क्रम रोक्न कठिन भएको छ । ’
प्रहरी कार्यालय तुलसीपुरका अपराध अनुसन्धान शाखा प्रमुख गौरीसंकर बस्नेत राप्ती अंचलका विभिन्न जिल्लामा बेपत्ता महिला बालबालिको संख्या बढ्दै गएको बताउनुहुन्छ । राप्ती अंचलका जिल्लाहरुमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो रुपमा रहेको तथ्यांकहरुले देखाएको छ ।
बेपत्ता भएकाको खोजी र बेपत्ता हुने कारण पत्ता लगाएर रोक्ने उपाय गर्न प्रहरी प्रशासन कमजोर भएको सरोकारवालाहरुले टिप्पणी गर्न थालेका छन् । महिला मानवअधिकार रक्षक संजालका केन्द्रिय सदस्य लक्ष्मी आचार्य हराउनेक्रम बढेपनि त्यसलाई रोक्न उपायको खोजी नभएको बताउनुहुन्छ ।
प्रहरीका अनुसार दाङमा महिला एक सय ९, बालक २७, बालीका २३ जना बेपत्ता भएका छन् भने सल्यानमा महिला १३ , बालक १ , ६ जना बालिका बेपत्ता भएका छन् यस्तै प्युठानमा महिला २२ , बालक ३ , बालीका २ , रोल्पामा महिला १६, बालक ९ र बालीका ७, र रुकुममा महिला २५ , बालक ६ र बालीका ४ जना झण्डै ७ महिनामा बेपत्ता भएका छन् ।
यसरी हराएकाहरुको खोजी भइरहेको प्रहरीले बताउने गरे पनि भेटिनेको संख्या एकदमै न्यून छ । राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तुलबहादुर कार्की व्याप्त गरिबी नै यसको मुख्य कारण भएको दावी गर्नुहुन्छ । ‘कारणहरु अरु धेरै पनि होलान तर गरिबी मुख्य देखिन्छ’ ‘उहाँले भन्नुभयो, ‘ त्यस कारण बेपत्ता हुने क्रम रोक्न कठिन भएको छ । ’
गएको आर्थिक वर्षमा २ सय ५१ बेपत्ता भएका थिए । त्यसअनुसार बेपत्ता हुनेको संख्या यो आर्थिक वर्षमा बढी हुनेछ ।
भएका कानुनको फितलो कार्यान्वयन र खुल्ला सिमानालगायत गरिबी जस्ता कारणले विभिन्न प्रलोभनमा परेर व्यक्तिहरु बेपत्ता हुन्छन् तर त्यसमा निगरानी राख्ने र यसलाई कम गर्ने जिम्मा सरकार र जिल्लामा स्थानीय प्रशासनको हो । त्यसैले कुनै विशेष कारण देखाएर भन्दा पनि आफ्नो कामलाई प्रभावकारी राज्यका निकायले गर्न सक्नुपर्छ ।
Severity: Warning
Message: finfo::file(news/SR_Opendra_basnet.MP3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/SR_Opendra_basnet.MP3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार