सामाजिक सञ्जाल : समाज तोड्दै की जोड्दै ?

‘जान्नेलाई श्रीखण्ड नजाने खुर्पाको बिँड’(अडियोसहित)

प्रकाशित मिति: 2016-04-04
गीता चिमोरिया

काठमाडौं । पुल्चोक इन्जिनियरिङ् क्याम्पस ललितपुरमा अध्ययनरत अमृत अधिकारी इन्टरनेट मार्फत सबभन्दा धेरै फेसबुक लगायतका सामाजिक सञ्जाल चलाउनुहुन्छ । अधिकारीजस्तै आफ्नो हालखबर बताउन, साथी-भाइको बारे जान्न सामाजिक सञ्जालमा आवद्ध हुनेको संख्या धेरै छ । 

कक्षा कोठाभित्र विद्यार्थीहरु शिक्षकको आँखा छलेर समेत फेसबुक, च्याट पनि गर्छन् । ललितपुरको नागार्जुन कलेज अफ आइटीका शिक्षक कृष्णराज जोशी फेसबुकले विद्यार्थीलाई असर पारेको अनुभव सुनाउनु हुन्छ । 

बढी समय सामाजिक सञ्जालमा बिताउने किशोर-किशोरीहरुमा मानसिक समस्या पनि देखिने गरेको छ । आफ्नो अनुभव सुनाउँदै चितवनका मुना गुरुङ भन्नुहुन्छ ‘ल्यापटप चलाउँदा बच्चा पढ्यो भन्ने हुन्छ तर के के चलाउँदा समस्या आएको छ । ’

सूचना र समाधानको साथी

अध्ययन सामग्री र सीप मुलक जानकारी पाउन मात्र नभइ तत्काल भए, गरेका घटना बारे पनि सामाजिक सञ्जालबाट थाहा पाउन सकिन्छ । जाडोको बेला न्यानो लुगा वितण गर्ने र भूकम्प प्रभावितलाई राहत दिने काममा सामाजिक सञ्जाल भने प्रभावकारी माध्यम बनेको छ ।

सामाजिक सञ्जालमा हालै चलेको भूकम्प प्रभावितलाई न्यानो अभियानका एकजना सदस्य स्वेच्छा रावत फेसबुकले नै ठूलो राहात जुटाएको बताउनु हुन्छ ।

सामाजिक सञ्जाल सकारात्मक कामका लागि उपयोग गर्न सकिने प्रशस्तै संभावना भए पनि पछिल्लो समय फेसबुक, टुइटर, भाइबर, स्काइप लगायतका माध्य दुरुपयोग हुनेक्रम पनि बढेको छ । सामाजिक सञ्जालबारेका एक जनाअध्यता उज्वल आचार्य सामाजिक सञ्जालको फाइदा धेरै छन् तर दुरुपयोग धेरै हुने गरेको बताउनुहुन्छ ।

पहुँच बढ्दै 

प्रविधिको विकासले तीब्रता पाएसँगै सहरबजार हुँदै गाउँ घरसम्मका नागरिकको इन्टरनेटमा पहुँच बढिरहेको छ । इन्टरनेटको सुविधासँगै फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जाल चलाउनेको संख्या पनि मुलुकमा बढ्दो छ । सामाजिक सञ्जालबाट लाभलिन सकिने भए पनि युवा पुस्ताले दुरुपयोग गर्ने खतरा पनि उतिकै हुन्छ । 

नेपाल दुर सञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार १ करोड २२ लाखनागरिक इन्टरनेटको पहुँचमा छन् । मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या १ करोड १७ लाख छ भने नेपालमा ५८ लाख नागरिकले फेसबुक चलाउँछन् ।

सामाजिक सञ्जाल चलाउन लत बसेपछि भने घरपरिवार र आफन्तबाट प्रयोगकर्तालाई झन टाढा धकेलेको पनि टिप्पणी हुने गर्छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार