बगरखेतीले फेरियो जीवन

प्रकाशित मिति: 2016-03-30
सोना खटिक, रेडियो कपिलवस्तु, कपिलबस्तु

तराईका २१ जिल्लाका ६५ नदीमा करिब ६८ हजार हेक्टर जग्गा बगर छ । तर यति धेरै क्षेत्र भए पनि करिब एक हजार ३०० हेक्टर जग्गामा मात्र खेती हुने गरेको छ । 

कपिलबस्तु । सुख्खा मौसममा बालुवा उड्ने र वर्षायाममा बाढीको भेल बग्ने कपिलबस्तुको बाणगंगा नदीको किनार अहिले हराभरा छ । विपन्न दलित समुदायका महिलाहरु नदीको किरानमा खनीखोस्री गर्न व्यस्त देखिन्छन् ।

दलित महिला समुहका २२ जना महिला सदस्यहरुले बाणगंगा नदिको बगरमा करिब ३० कठ्ठा जग्गामा खेती गरेका छन् । त्यही खेतीको आम्दानी उनीहरुको बलियो आधार बनेको छ ।

समुहकी सदस्य उर्मिला मल्लाह अहिले घर खर्च, छोरी छारीको स्कूलको फिस आफै बुझाउनु हुन्छ । श्रीमानलाई आर्थिक बोझ पनि हलुका भएको छ मल्लाहको आत्म विश्वास पनि बढेको छ । 

समुहका अध्यक्ष विमाला हरिजन थोरै लगानीमा गरेको मिहेनतले अहिले सबै महिलालाई सजिलो भएको बताउनुहुन्छ । पहिले हामी खाना पकाउने खाने घरमै बस्ने छिमेकीको घरमा गएर अरुको कुरागरेर समय विताउने मात्रै गथ्र्यौ, उहाँले भन्नुभयो ‘बिगरे जमिन भाडामा लिएर खेती गरेपछि अहिले एक सिजनमै लाख भन्दा मागि अम्दानी गरिरहेका छौँ । ’

घर खर्च, सामान्य लुगा पाटो श्रीमानकै भर थियो । १–१ रुपियाको हिसाब बुझाउनु पर्ने चिक्त बुझाउन नसके खप्की खानुपर्ने बाध्यता पनि थियो । अहिले बगर खेतीबाट आएको आम्दानीले घरखर्च मात्रै टरेको छैन छोराछोरीलाई पढाउन जिम्मा पनि महिलाले आफ्नै काधमा लिएका छन् ।  

समुहकी सदस्य उर्मिला मल्लाह अहिले घर खर्च, छोरी छारीको स्कूलको फिस आफै बुझाउनु हुन्छ । श्रीमानलाई आर्थिक बोझ पनि हलुका भएको छ मल्लाहको आत्म विश्वास पनि बढेको छ । 

महिलाहरुले बगर खेतीमा गोलभेडा, काक्रो, साग, मेवा लगायतका तरकारी फलाएका छन् । तर, उचित विउविजन, बजार ,तकारीको दररेट तथा सिचाइकोलागि व्यवस्था नहुदा खेतीगर्न समस्या भइरहेको छ ।

स्थानिय निकाय र कृषि कार्यालयबाट समेत सहयोग नपाइको समुहका सदस्य उर्मिला हरिजनको गुनासो छ ।   जिल्ला कृषि विकास कार्यलयसँग सबै किसानलाई दिनसक्ने विऊ समेत छैन । जिल्ला कृषि विकास कार्यलयका बागवनी अधिकृत खुर्सेद अहमद खाँको भनाई छ । 

‘कपिलवस्तु जिल्लामा ९५ हेक्टर जमिनमा बगरे खेति लाग्छ । ९५ हेक्टरकै लागि विउत त जिल्ला कृषि विकास कार्यलयले सही कुरा हो’ उहाँले भन्न्ुभयो, ‘तर हाम्रो लक्ष्य अनुसार ७ सय मिनिकिट र ५० प्रदशन मा चार किसिमका विउ वितरण गरिएको छ र यस कार्यलय बाट प्राविधिक तालिम तथा परार्मश निःशुल्क दिइन्छ ।’ 

कपिलवस्तुको धनकौली, हरदौना, कजराहावा र महराजगंज गाविस जिल्लाकै तरकारीको मुटु मानिन्छ । उत्पादन भए अनुसार बजार, तरकारी संकलन केन्द्र ,सिचाइ तथा विउविजनको व्यवस्था अझै हुन सकेका छैन ।

तराईका २१ जिल्लाका ६५ नदीमा करिब ६८ हजार हेक्टर जग्गा बगर छ । तर यति धेरै क्षेत्र भए पनि करिब एक हजार ३०० हेक्टर जग्गामा मात्र खेती हुने गरेको छ । 

तपाईंको बिचार