बिरामीलाई अस्पताल पठाउदै धामी–झाँक्री

प्रकाशित मिति: 2016-03-29
पूर्णप्रसाद न्यौपाने,सहयात्री रेडियो, ओखलढुंगाका

ओखलढुङ्गा । ओखलढुङ्गा पोकलीका अनिसा तामाङ्लाई अहिले पनि झरफुकमा पूर्ण विश्वास छ । बिरामी पर्ना साथ धामीसँग उहाँ पनि धेरै मध्येमा पर्नु हुनुन्छ । जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक मिसन अस्पताल गरी २ वटा अस्पताल नजिकै भएकाहरुलाई पनि धामीझाँक्रीप्रतिको विश्वास हटाउन सकेका छैनन् ।

विगतदेखि नै समस्या हुना साथ धामीकोमा जाने र धामीले उपचार गर्न सक्दिन भने पछि मात्रै स्वास्थ्य संस्थामा जाने गरेको तामाङ बताउनुहुन्छ । 

तर, अहिले धामी झार्कीले विरामीलाई अस्पताल पठाउन थालेका छन् । ओखलढुंगा सामुदायिक अस्पतालले धामीझाँक्रीहरुलाई स्वास्थ्य सम्बन्धी तालीम दिएपछि आफुकहाँ आउने धामी झार्कीलाई अस्पताल पठाउने गरेका छन् ।

धामी–झाँक्रीको उपचार आधुनिक चिकित्सा सुविधा उपलब्ध शहरबजारमा पनि फस्टाइरहेको छ । अस्पतालमा निको नभएर, आधुनिक उपचार महँगो भएर वा त्यसमा विश्वास नलागेर धामी–झाँक्रीकहाँ धाउनेमा शिक्षित शहरियाहरू पनि छन् । 

अस्पताले सबैभन्दा बढी बिरामी पठाउनेलाई धामी झार्कीलाई पुरस्कार समेत दिने तयारी छ । ब्यापारका लागि नभई स्वास्थ्य चेतना फैलान धामी झार्कीलाई स्वास्थ्य तालिम दिएको ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक टुकबहादुर श्रीमलले बताउनुभयो ।  

ओखलढुंगामा धामीझाँक्रीप्रतिको विश्वास अझै हट्न नसके पनि धामी झाँक्रीकहाँ पुग्नेलाई स्वास्थ्य संस्थासम्म पुर्याउने अभ्यास थालिएको छ । विश्वास एकै पटक हटाउन नसक्ने भएकाले यस्तो अभ्यास गर्न थालिएको अस्प्तालको दावी छ । 

धामी झाक्रिको भर परेर समयमै अस्पताल नपु¥याएकै कारण वर्षेनी धेरै मानिसहरु अकालमै ज्यान गुमाउन बाध्य छन् । अन्धविश्वासमा परेर गुम्ने त्यस्ता ज्यान बचाउन ओखलढुंगामा थालिएको जस्तो अभियान गाउँगाउँबाट र सरकारले नै थाल्नुपर्ने आवश्यकता रहेको सरोकारवालाको भनाई छ । 

धामी–झाँक्रीको उपचार आधुनिक चिकित्सा सुविधा उपलब्ध शहरबजारमा पनि फस्टाइरहेको छ । अस्पतालमा निको नभएर, आधुनिक उपचार महँगो भएर वा त्यसमा विश्वास नलागेर धामी–झाँक्रीकहाँ धाउनेमा शिक्षित शहरियाहरू पनि छन् ।

धामी–झाँक्रीले सभ्यता–संस्कृतिको समेत प्रतिनिधित्व गर्ने हुनाले उनीलाई जनचेतना जगाउने काममा सहयोग लिन सकिने मानशाशास्त्रीको विश्वास छ । 

तपाईंको बिचार