११ बर्षसम्म बन्द भएको मुख खुल्यो मेलमिलापले

प्रकाशित मिति: 2016-03-27
चीना थापा, रेडियो सिन्धुलीगढी, सिन्धुली

११ बर्षसम्म उनीहरु एक अर्कालाई दोष लगाएर बसिरहे । ११ बर्ष पछि सानो प्रयासले बन्द्य भएका मुख खुलेका छन्, अहिले मित्रता प्रगाढ देखिन्छ ।

सिन्धुली । भिमेश्वर ग्वालटारका दिल बहादुर कार्की र झम्क कुमारी विक छिमेकी हुन् । पर्दादेखि मर्दासम्म एक अर्कालाई सहयोग गर्दै आएका उनीहरुबीच २०६२ सालदेखि भने बालचाल बन्द भयो । कारण थियो ‘पसलको सामान लगेको पैसा नदिएको निउ’ कार्कीको पसलबाट झम्क कुमारी विकले सामान लिईएको र पैसा नतिरेको निउमा उनीहरुको बोलचाल बन्द भयो । 

११ बर्षसम्म उनीहरु एक अर्कालाई दोष लगाएर बसिरहे । उनीहरुको सम्वन्ध पनि आज भोली गर्दा गर्दै एक एर्काको देखादेखसम्म पनि नहुने भयो । कार्की सामान लगेको पैसा तिर्नुपर्छ भन्ने अनि विक बढी लेखेको छ तिर्दिन भन्ने विवाद ११ बर्षसम्म चल्यो । झण्डै ३५ हजारको कारोबार थियो । 

आफू अण्डा अदालत जाने धम्की समेत विकलाई कार्कीले दिए । विकलाई  डर पनि लाग्यो । अण्डा अदालत धाउँदा अब कत्ति खर्च लाग्ने हो भनेर । सामान लिएको भन्दा बढी पैसा खातामा लेखेको भनेर  विकले सामानको पैसा नतिरेको हो । कार्कीले अब पैसा नउठ्ने भयो भनेर हार खाईसकेका थिए भने बढी नलेखेको भए पैसा तिर्थे भन्ने विकलाई थियो ।  

दिनहुँ विवादमा रहेका कार्कीले ग्वाल्टारमा मेलमिलाप केन्द्र स्थापना भएको थाहा पाएँ । कार्कीले सामुदायिक मेलमिलापकेन्द्रमा निवेदन दिनुभयो । पहिला त उहाँलाई हारिने होकी भन्ने डर लाग्यो । उता विकलाई मनमा हार जितको डरले डेरा जमाएकै थियो । दुवैको मनमा डर थियो ।

कार्कीले निवेदन दिएपछि विकलाई मेलमिलापकर्ताले सामुदायिक मेलमिलाप केन्द्रमा बोलाए । उहाँ जानुभयो विवाद मिलाउने प्रक्रिया सुरु भयो । जब मेलमिलापककर्ताले विवाद मिलाउने प्रक्रियाको बारेमा जानकारी गराए, तब नै दुवै जनामा खुसी छाईसकेको थियो । 

जीत हुनेगरी विवाद मिलाएकोमा सामुदायिक मेलमिलाप केन्द्र राम्रो लागेको उहाँको भनाई छ । ‘अण्डा अदालत धाउँदा पैसा लाग्थ्यो, हामी जस्तालाई गाह्रो हुन्थ्यो’, हाँले भन्नुभयो, ‘एक पक्षले जित्ने र अर्को पक्षले हार्ने हुन्थ्यो, सम्वन्ध पनि विग्रिन्थ्यो, अहिले हारेको महसुस छैन् । 

दुवैको चित्त बुझ्ने गरी विवाद मिल्यो । ‘यही विवाद लिएर अण्डा अदालत पुगेको भए लिने भन्दा चौब्बर पैसा सकिने थियो’, कार्कीले भने, ‘न त एक रुपैया पैसा खर्च भयो, न त हारेको महसुस नै भयो, उहाँ पनि मैले जिते भनेर खुसी हुनुभयो, म पनि मैले जिते भनेर खुसी भए ।’ दुवैको जितजित हुने गरी विवाद मिलाईने मेलमिलापक केन्द्र राम्रो भएको उहाँको भनाई छ । कार्की अहिले मेलमिलाप केन्द्रप्रति सन्तुष्ट हुनुुहुन्छ । उहाँ अहिले सामुदायिक मेलमिलाप केन्द्रमा जान सुझाव दिनुहुन्छ ।  

विक पनि आफ्नो विवाद मिलाएकोप्रति सन्तुष्ट हुनुहुन्छ । जीत हुनेगरी विवाद मिलाएकोमा सामुदायिक मेलमिलाप केन्द्र राम्रो लागेको उहाँको भनाई छ । ‘अण्डा अदालत धाउँदा पैसा लाग्थ्यो, हामी जस्तालाई गाह्रो हुन्थ्यो’, हाँले भन्नुभयो, ‘एक पक्षले जित्ने र अर्को पक्षले हार्ने हुन्थ्यो, सम्वन्ध पनि विग्रिन्थ्यो, अहिले हारेको महसुस छैन् । सम्वन्न पनि पहिलाको जस्तै भएको छ । मेलमिलाप केन्द्रलाई धन्यवाद भन्छु ।’

अहिले कार्की र विक पहिलाको जस्तै एक अर्कालाई परेको बेला सहयोग गर्छन् । ११ बर्षदेखिको विग्रियको सम्वन्ध पनि पहिलाको अवस्थामा नै फर्किएको छ ।   

यो पनि पढ्नुहोस

दाजुभाईको विवादमा मल्हम बन्यो ‘सामुदायिक मेलमिलाप’

मेलमिलापतिर फर्किदै इजलासका मुद्दा (अडियोसहित) 

टुटेको मन, छुटेको सम्बन्ध जोड्दै मेलमिलाप 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/DSC071760000.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/DSC071760000.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार