मेलमिलापतिर फर्किदै इजलासका मुद्दा

सफल मेलमिलाप(अडियोसहित)

प्रकाशित मिति: 2016-03-24
सोबिता रिसाल

काठमाडौं । सर्वोच्च अदालतमा रहेको मेलमिलाप केन्द्रमा दिउसो चाबहिलका न्हुत्सेमान शाक्य र देबीप्रसाद बास्तोला आफुले नै मुद्धा मिलाउने प्रयास गर्दै हुनुहुन्थ्यो । दुईजना बिचको विवाद मिलाउन सहजिकरण गरिदिदै हुनुहुन्थ्यो मेलमिलाप केन्द्रका प्रमुख असोक कुमार क्षेत्री । 

देबीप्रसाद र न्हुत्छेमानको परिवार बिच ५४ बर्ष अगाडी किनबेच गरेको जग्गाको मुद्दा उल्टिएको छ । छिमेकी समेत रहेका यी दुई परिवारको एक अर्कासंग कुरा गरेर मात्रै दिनको शुरुवात हुन्छ ।

तर ५४ बर्ष पहिले नुहुत्सेमानका बुवाले देबीप्रसादलाई निकै थोरै रकममा मोहियानी हक लागेको राज गुठीको जग्गा बेच्नुभएको थियो । तर रजिष्टेशन पास गरेर किनेको जग्गा आफ्नै ठान्नुभएका देबीप्रसादले घर बनाउदा अप्ठ्यारो आयो । मुद्धा मामिला चल्यो, न कसैले जित्यो न कसैले हार्यो । 

अहिले बिभिन्न ३२ जिल्लाका गाविस भवनमा नै मेलमिलाप केन्द्र पनि छ । जहाँ फौजदारी न्याय बाहेकका हरेक मुद्धा मामिलाको मेलमिलाप गर्ने कोशिश हुन्छ, मुद्धा मिलाउदा दुबै पक्षले जित्छन् । 

बेच्नेले किन्नेलाई घर बनाउन स्वीकृती दिएपछि घर बन्यो, बसोबास भयो तर मामिला सल्टिएन । इजालसमा पुगेर पनि विवाद नसल्टिएपछि जग्गा विवादको मामिला सल्ट्यान दुवैजना अब मेलमिलाप केन्द्रको साहायतामा पुग्नु भएको छ । 

यसो हेर्दा जटिल जस्तै लाग्ने  मुद्धा मध्यस्थकर्ताको सहयोगले सजिलै मिल्न पनि सक्छ । साना तिना समस्यामा मुद्धा मामिला खेप्न नपरोस भनेर सर्वोच्च अदालतले २०६३ सालबाट नै प्रत्येक जिल्ला अदालत, पुनराबेदन र सर्वोच्च अदालतमा मेलमिलाप केन्द्र स्थापना गरिदिएको छ ।

अहिले बिभिन्न ३२ जिल्लाका गाविस भवनमा नै मेलमिलाप केन्द्र पनि छ । जहाँ फौजदारी न्याय बाहेकका हरेक मुद्धा मामिलाको मेलमिलाप गर्ने कोशिश हुन्छ, मुद्धा मिलाउदा दुबै पक्षले जित्छन् । ६३ देखि आज सम्म ९ हजार मुद्धाको मेलमिलाप भएको छ । 

नचाहदा नचाहदै पनि धेरै मुद्धा मामिला र कानुनी झण्झटले निक्कै पिरोली रहेको हुन्छ  । आफ्नै आफन्त र गाँउ ठाँउका मानिस संग महिनौ होईन बर्षौ मुद्धा लड्छौ । वकिल राख्छौ, अदालत धाउछौ । आफ्नै छरछिमेकी संग पानी बाराबारको स्थीति ल्याउन बेर लगाउदैनौ तर मेलमिलाप तिर सोच्दैनौ । दुबै पक्षले न्याय पाउने र दुबैले जित्ने गरि अदालतले मेलमिलापको व्यवस्था गरेको छ । 

कुनै पनि मुद्धा मामिला मेलमिलाप केन्द्र मार्फत मिलाउदा एउटा पक्षले जित्ने वा हार्ने हुदैन । दुबै पक्षलाई बराबर चित्त बुझाएर घर फर्काउने वातावरण मेलमिलापमा हुन्छ । तर  धेरैलाई सामूदायिक मेलमिलाप र अदालत मेलमिलाप केन्द्रका बारेमा थाहा छैन । न्यायमा सर्बसाधारणको पहुँच पु¥याउनको लागि सामुदायिक मेलमिलाप केन्द्रहरुलाई तल्ले तहसम्म पु¥याउनु पर्दछ ।  

टुटेको मन, छुटेको सम्बन्ध जोड्दै मेलमिलाप

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Report_Meadition.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Report_Meadition.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार