यस्ता छन् प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा (अडियोवार्ता)

प्रकाशित मिति: 2016-03-19

प्रधानमन्त्री केपी ओलीको भोलिदेखि हुने चीन भ्रमणका लागि सरकारले एजेण्डा तय गरेको छ । आज त्यसलाई अन्तिम रुप दिन प्रधानमन्त्रीका तहबाट गृहकार्य हुनेछ । परराष्ट्र मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालयले प्रस्तावित विषय समेटिएको एजेन्डा मस्यौदा तयार गरेको छ । त्यसलाई प्रधानमन्त्रीले अन्तिम रुप दिनुहुनेछ ।

चीनसँग व्यापार, लगानी, पर्यटन, दुईदेशीय परियोजनामा सम्झौता गर्ने गृहकार्य सरकारले गरेको छ । पहिलो र्चामा रहेको इन्धन खरिद सम्झौता भने नहुने भएको छ ।  

भ्रमणमा स्वतन्त्र व्यापार सम्झौता (एफटिए) गर्ने तयारी छ । नेपालले यससम्बन्धी पठाएको प्रस्तावमा चीनले सकारात्मक जवाफ पठाइसकेको छ । चीनले ०६९ मा बिप्पाको मस्यौदा प्रस्ताव गरेको थियो । नेपालले ०७१ मंसिरमा मस्यौदा अध्ययन गरेर जवाफ पठाएपछि चीनले चासो दिएको छैन ।  

चीन भ्रमणका क्रममा तातोपानी नाका नेपाल चीन मित्रताको प्रतीक भन्दै सुचारु गर्नुपर्ने तथा केरुङ नाका वर्षभरि सुचारु गर्ने गरी पूर्वाधार निर्माण गर्न नेपालले चीनसँग सहयोग प्रस्ताव छ ।

यसबाहेक संखुवासभाको किमाथांका र मुस्ताङको कोरला नाका खोल्न र कम्तीमा दुई लेनको बाटो चीनले बनाइदिन पनि प्रस्तावगर्दैछ । के के एजेण्डा राख्नुहुनेछ प्रधानमन्त्रीले ? लिलप्रका चन्दले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालाई सोध्नु भएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Bishnu_Rimal_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Bishnu_Rimal_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार