लोडसेडिङ दैनिक १ घण्टा घट्यो

तालिका सहित

प्रकाशित मिति: 2016-03-14

जिकिँदै गरेको एसएलसी परीक्षालाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ दैनिक १ घण्टा घटाएको छ । १३ घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले आजदेखि लागू हुने गरी दैनिक १२ घण्टासम्म लोडसेडिङ गर्ने भएको हो ।
यस्तै नदीहरुमा जलस्तर केही बढेको र भारतबाट पनि थप विद्युत आयात भएकाले लोडसेडिङ घटाउन सम्भव भएको प्राधिकरणले उल्लेख गरेको छ ।
भारतबाट ८० मेगावाट बिजुली आएपछि दिनको दुई घण्टासम्म लोडसेडिङ घट्ने भनिए पनि एक घण्टामात्र घटाइएको छ ।
पछिल्लोपटक निजी क्षेत्रलाई दिइएको डेडिकेटेड लाइनहरु काटेपछि बिजुलीको बचत पनि केही बढेको छ ।

तपाईंको बिचार