काठमाडौं २७ फागुन । सर्लाहीका आनन्द कुमार पाश्री जस्तै ५ दिन देखि मेनपावर कम्पनीहरु बन्द भएपछि करिब ५ हजार बैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेकाहरुको काम अघि बढ्न सकेको छैन ।
नेपाल प्रहरीले बैदेशिक रोजगार ऐन बमोजिम कारबाही गरेको भनिरहेको छ । व्यवसायिहरुले अधिकार क्षेत्र नाघेर म्यानपावर एजेन्सिमाथि छापा मार्ने काम भएको आरोप लगाईरहेका छन । त्यसको मारमा रोजगारीमा जान ठीक परेका पाश्री जस्ता हजारौ युवा परेका छन् ।
आईतबारदेखि म्यानपावर कम्पनिहरु बन्द भएपछि नेपालबाट रोजगारीका लागि बिदेश जाने क्रम रोकिएको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले सम्पुर्ण काम कारोबार ठप्प गर्ने निर्णयको सर्कुलर गरेर ५ दिनदेखि म्यानपावर कम्पनि बन्द भएपछि बैदेशिक रोजगारमा जान तयार भएकाहरु भने मार्कामा परेका छन् ।
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष बिमल ढकाल सरकारलाई आरोप लगाउनु हुन्छ । बैदेशिक रोजगार बिभाग अन्तर्गतका कार्यालयले दैनिक २ हजार कामदारको मागपत्रमा पुर्ब स्वीकृति दिँदै आएको थियो । तर म्यानपावर कम्पनि बन्द भएसँगै नेपाली कामदारको मात्र पत्रको पुर्ब श्रम स्वीकिृतिका लागि कुनै पनि फाईल पेश गरेका छैनन् ।
म्यानपावर एजेन्सिमा कानुनी मापदण्डमा रहेरै प्रहरीले अनुगमन गरेकाले यसलाई गैरकानुनी भन्न नमिल्ने श्रम तथा रोजगार मन्त्रालयका प्रबक्ता गोबिन्दराज भुर्तेल बताउनुहुन्छ । सरकारले बैदेशिक रोजगार बिभाग बाहेकका अन्य निकायबाट छापा नमार्ने तथा अनुगमन नगर्ने जस्तो कानुन आफ्नो पक्षमा पार्ने माग म्यानपावर कम्पनीहरुको छ ।
म्यानपावर कम्पनिबाट बेलाबेलामा कामदारमाथि ठगि भएका घटना पनि नसुनिएका होइनन् । नेपाली अर्थतन्त्रको २९ प्रतिशत हिंसा बैदेशिक रोजगारीबाट भित्रने रेमिट्यान्सले धानीरहेको अवस्थामा बैदेशिक रोजगारलाई व्यवस्थीत लामो समय भइसक्दा पनि बन्न सकेको छैन ।
तपाईंको बिचार