आज महाशिवरात्रि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको बिहानैदेखि घुइँचो

प्रकाशित मिति: 2016-03-07

आज महाशिवरात्रि मानाईदै
हिन्दू धर्मावलम्बीले आज पशुपति लगायत देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा आरधना गरी महाशिबरात्री मनाउँदैछन । 
पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको बिहानैदेखि घुइँचो लागेको छ ।
महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाउने गरिन्छ । 
कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये शिवरात्रीलाई पवित्र पर्वका रूपमा पुराणमा वर्णन गरिएको छ ।
व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने आजका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शङ्करलगायत एक हजार नाम छन् । 
यो वर्ष पशुपति क्षेत्रमा गाँजा निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यो वर्ष पशुपति दर्शन गर्न भारतबाट आउने नागा बाबाहरुको संख्या भने कम भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 

 

तपाईंको बिचार