फोहोरले उकुसमुकस र कुरुप बन्दै दाङ

प्रकाशित मिति: 2016-03-02
निमुसंगम घर्ती, रेडियो मध्यपश्चिमा दाङ

सरकारले नगरपालीका घोषणालाई बढाएको छ देशभरी नगरपालीकाको संख्या २ सय २७ पुगेको छ । तर नपरपालीका थपिएपनि व्यवस्थापन सयन्त्र उस्तै हुँदा सरसफाईको समस्या देखिएको छ। फोहोर फाल्ने स्थान नहुदा दाङको तुलसीपुर नगरपालिका यति बेला समस्यामा परेको छ । 

१६ दिन देखी बजार क्षेत्रको फोहोर उठ्न नसक्दा बजार क्षेत्रमा दुर्गन्ध फैलिरहेको छ । फोहोर उठ्न नसक्दा व्यवसायीहरु र पैदलयात्रुहरुलाई नाकमुख थुनेर बस्नु र हिड्नु पर्ने समस्या रहेको छ । तुलसीपुर निबासी नारायण खड्का लामो समयदेखि काम गर्न समेथ समस्या भएको बताउनुहुन्छ । 
 
तुलसीपुर नगरपालिकाले गाडिहरुमा फोहोर भरेर कार्यालय परिसरमा राखेको छ । कार्यालय परिसर देखी बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । सडकको किनारा र चोकै भरी फोहोरका थुप्रो देखिन्छन् । २०६४ सालमा फुलबारी गाबिसमा करिब २ विगाह भन्दाबढी जग्गा नगरपालीकाले खरिद गरेपनि आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा मुद्धा परेपछि प्रयोगमा आउन सकेको छैन् । 

अब फोहोर व्यवस्थान गर्न नगरपालिकाले के सोचिरहेको छ त ? नगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेल भन्नुहुन्छ, ‘नगरपालीकालले जग्गा खोजेर व्यवस्थापन गर्ने प्रयास गरिरहेको छ । 
 
तुलसीपुर क्षेत्रमा एक हजार बढी विभिन्न उद्योग तथा व्यवसाय सञ्चालित छन् । दैनिक करिब ११ टन भन्दाबढी फोहोर तुलसीपुर बजार क्षेत्रबाट मात्रै संकलन हुन्छ । यो समस्या लामो समयदेखि उस्तै छ । हप्ता १० दिनका लागि फोहोर व्यवस्थापन गर्न कसैको जग्गा भाडामा लिइन्छ त्यो भरिदा समस्या फेरी बल्झीने गर्छ  । निजि क्षेत्रबाट पनि फोहोर व्यवस्थापनका लागि पहल भइरहेको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विमल रिजालको भनाई छ ।  
 
फोहरमैला व्यवस्थापन नगरपालिकाको प्राथमिकतामा नपर्नु मुख्य समस्या देखिन्छ भने फोहरमैला व्यवस्थापनलाई प्रमुख सहरी सेवा र फोहरलाई श्रोतको रुपमा नहेरी झण्झटको रुपमा हेर्ने दृष्टिकोणका कारण पनि समस्या देखिन्छ ।

फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने गरी उत्पादन, प्रयोग र पुनः परिचालनको व्यवस्था मिलाएर नाष्रिकसँग सहकार्य गरे जग्गा नपाएपनि ठूलो समस्या हुने देखिदैन । 

तपाईंको बिचार