सस्थाको कामले भूकम्प प्रभावितलाई राहात भन्दा आहात

आवश्यकता एउटा, काम अर्कै

प्रकाशित मिति: 2016-03-01
अनु आचार्य, रेडियो रसुवा,रसुवा
photo : googel
photo : googel

वैशाख १२ को भूकम्पले घरबारविहीन पीडित कहिले सुरक्षित बास पाइएला भन्ने ध्याउन्नमा छन । शीतसम्म नथेग्ने अस्थायी टहरामा जाडो त गयो अब हावाहुरी कसरी थेग्ने ? अघिकांसको चिन्ता देखिन्छ । यही बेला रसुवामा एक गैरसरकारी सस्थाले जिल्ला दैवि प्रकोप उद्धार समितिले रोक लगाएको घर बनाउने काम दवावमा सुरु गराएको छ ।
 
सरकारले तत्काल अनुमति विना घर नबनाउनु भनेको छ तर रसुवाको गत्लाङ, धुन्चे, स्याफ्रुबेसीमा  अहिले घर निर्माणको काम धमाधम भइरहेको छ । भूकम्पको बार्षिकी नजिकैगर्दा गोल नेपाल सस्थाले एक परिवारको लागि ३० वटा बाँस, ७ वटा बिम दिएको छ ।

घर बनाउन लाग्ने ज्याला १० हजार रुपैयाँ पनि उपलब्ध गराउने आश्वासन दिएको छ । घर नबनाउन त्यो सस्थाले पैसा दिन्न घर बनाउ सरकारको नीति विपरित हुन्छ । स्थानिय वासिन्दा अहिले अन्यौलमा छन् । गत्लाङ ९ गोदामका जीतबहादुर विश्वकर्मा आबश्यकता एकातिर राहात अर्कैतिर भएको बताउनुहुन्छ । 

रसुवाको गत्लाङको जंगलमा घर बनाउन मिल्ने सयौ क्युफिट काठ थुप्रिएका छन् । मापदण्ड अनुसारको घर बनाउने काम सुरु नुहुँदा चाहेर पनि आफ्ना लागि घर बनाउन सकिएको छैन । गोल इन्टरनेशनलाई प्रशासनले अहिले घर बनाउने काम नगर्नु भन्दै सचेत गराइसकेको छ । 

तर, आफ्नो आकस्मिक कार्यक्रम कायमै रहेकाले अस्थायी अवास निर्माण गर्न लागिएको गोल इन्टरनेशनलको दावी छ । गोल इन्टरनेशनलका रसुवा संयोजक सन्ढुप दोर्जे लामा राहात योजनाको प्याकेज बाँकी रहेकाले पुनःनिर्माणका लागि राहात दिएको बताउनुहुन्छ । 

रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सरकारले संघसस्थालाई राहात वितरण र घर निर्माणमा तत्काल रोक लगाएकाले त्यसविपरित जान नमिल्ने बताउनुहुन्छ ।  

भूकम्प प्रभावितलाई पहिले कै अबस्था फर्काउन भन्दै दर्जनौ सामाजिक सस्था जिल्लामा थुप्रीएका छन् । तर आश्वासनको पोको बोकेर आउने सस्थाले नागरिकको आबश्यकता भन्दा आफुअनुसारको काम गर्न दवाव दिएपछि अवस्थामा सुधार नआएको गत्लाङका स्थानीय नबिन लामाको गुनासो छ ।

घरबारविहीन नागरिकले ११ महिनादेखि नयाँ घर बनाउने योजना बुनेर बसिरहेका बेला आइएनजिओले अझै अस्थायी संरचनाका नाममा खर्च गरिरहेका छन् । त्यसले नागरिक समेत खुसी छैनन ।  

तपाईंको बिचार