तालिमले बनायो महिलालाई उद्यमी(अडियोवार्ता)

खुल्यो निशुल्क तालिम, कहाँ कसरी लिने ?

प्रकाशित मिति: 2016-02-29

नेपाल सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग विकास समितिले पुरुष र महिला दुवैका लागि उद्यमशिलताका लागि विभिन्न सीपमूलक र सीप सिकेर आयआर्जन गरिरहेकाहरुका लागि सीप अभिवृद्धि तालिम भनेर निःशुल्क तालिम दिने गरेको छ । यसरी तालिम लिएकाहरुले उद्योग दर्ता गरेर काम गर्न सक्छन् र गरिरहेका छन् । 

देशका ४८ जिल्लामा समितिले काम गरिरहेको छ । ती जिल्लाहरुमा झण्डै ४५ हजार उद्योगहरु दर्ता भएर काम गरिरहेका छन् । ती मध्ये करिब ६५ प्रतिशत महिला उद्यमी रहेका छन् । समितिले दिने तालिम र त्यसबाट कसरी फाइदा लिन सकिन्छ त ? लक्ष्मी बस्नेतले कार्यकारी निर्देशक निलम ताम्राकारसँग कुराकानी गर्नुभएको छ ।

यसैबीच घरेलु तथा साना उद्योग विभागले विभिन्न किसिमका निशुल्क तालिमको लागि निवेदन आह्वान गरेको छ । २७ जिल्लामा विभागले यस्ता तालिमहरु दिने गरेको छ ।

निलम ताम्राकारसँग कुराकानी

अडियो सुन्नुहोस्

तपाईंको बिचार