कैलालीका त्रिशक्ति नगरपालिका वडानम्बर १२ का मुक्तकमैया बाधुराम चौधरीको हातमा लालपूर्जा छ । त्यसलाई सम्हालेर राखेको झण्डै १५ बर्ष भयो । तर त्यो लालपूर्जा अनुसारको जग्गा कहाँ छ उहाँलाई कुनै जानकारी छैन । चौधरी मात्रै होईन कैलालीका सयौँ मुक्त कमैयाले लालपुर्जा भएपनि लालपूर्जा अनुसारको जग्गा पाएका छैनन ।
‘अब लालपूर्जा खाने की लालपूर्जा ओछ्याएर सुत्ने ?’ टिलपील आँशु पार्दै चौधरीले भन्नुभयो ‘सरकारले नत गरिखान दियो नत मरिजान दियो । ’
मुक्त कमैया घोषणा भएको १५ वर्ष पुग्दासम्म राज्यबाट आफूहरूले आश्वासन पाएको तर सहयोग नपाएको मुक्त कमैयाहरूले बताएका छन् । मुक्त कमैया घोषणासँगै सरकारले प्रतिकमैया तीन कठ्ठा जग्गा दिने, घरबाँसका लागि १० हजार नगद, घरका निर्माणका लागि काठ, मुक्त कमैया परिचयपत्र वितरण र लालपुर्जा वितरण गर्ने भनेपनि उपलब्ध नभएको मुक्त कमैयाहरूको भनाइ छ ।
मुक्त कमैया घोषणा भएपछि २०५७ सालमा त्रिशक्ति नगरपालिका वडानम्बर १२ का गिता चौधरीलाई भूमि सुधार कार्यालय कैलालीले ४ कठ्ठा जग्गाको लालपुर्जा दिएपनि जग्गा कहाँ छ भन्ने उहाँलाई पनि थाहा छैन । सरकारले पुनःस्थापनाको पछि उहाँलाई जग्गा त देखायो तर त्यो जग्गा खोलाले बगाईसकेको अवस्थामा । ‘अब लालपूर्जा खाने की लालपूर्जा ओछ्याएर सुत्ने ?’ टिलपील आँशु पार्दै चौधरीले भन्नुभयो ‘सरकारले नत गरिखान दियो नत मरिजान दियो । ’
यस्तै भूमि सुधार कार्यालय कैलालीले जिल्लामा ४ सय ६५ जनालाई मात्रै जग्गा दिन बाँकी भनिरहँदा केही मुक्त कमैया भने अझै परिचयपत्र पाउनबाट बन्चित छन । राजनीतिक दलहरुको उदाँसिनका कारण मुक्त कमैयाको पुर्नस्थापनामा ढिलो भएको उनिहरुको आरोप छ ।
भूमि सुधार कार्यालय कैलालीका अनुसार ८ हजार ९ सयमध्ये शुद्ध रुपमा ४ सय ६५ जना मात्रै पुनःस्थापना हुन बाँकी रछन् । तर मुक्त कमैया अझै धेरै जनाको पुर्न:स्थापना हुन बाकी रहेको बताउदै आएका छन ।
चुनावको बेला मुक्त कमैयाका समस्यालाई उठान गर्न सजिलो हुने हेतुले राजनीतिक दलहरु मुक्त कमैयाका समस्या समाधान तर्फ नलागेको मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरीको भनाई छ ।
पुर्नस्थापना समितिकिा अध्यक्ष तथा स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले मुक्त कमैया पुनःस्थापना गर्न केही प्राविधिक समस्या भएपनि पुनःस्थापनाका लागि अब धेरै समय नलाग्ने बताउनुहुन्छ ।
जग्गा व्यवस्थापन समितिका अध्यक्ष तथा कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईले मुक्त कमैया पुनःस्थापनाका लागि सबै पक्षसँग समन्वय गरी समस्याको न्यूनिकरणको पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
भूमि सुधार कार्यालय कैलालीका अनुसार ८ हजार ९ सयमध्ये शुद्ध रुपमा ४ सय ६५ जना मात्रै पुनःस्थापना हुन बाँकी रछन् । तर मुक्त कमैया अझै धेरै जनाको पुर्न:स्थापना हुन बाकी रहेको बताउदै आएका छन । त्यसकारण उनिहरु पुनःस्थापनमा ढिलाई हुँदा समस्यामा परेका छन । ‘नत साहुँको घरमा काम गरेर जिविकोपार्जन गर्न सकिन्छ नत स्वालम्बि भएर बाच्ने आधार बनेको छ ।’ मुक्त भएका धेरैको गुनासो सुन्ने गरिन्छ ।
तपाईंको बिचार