जहाज दुर्घटनामा दुबै चालकको मृत्यु

के भन्छन् घाइतेहरु (अडियो सहित)

प्रकाशित मिति: 2016-02-26
फाइल तस्वीर
फाइल तस्वीर


काठमान्डु, १४ फागुन ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको नाइन एन ए जेवि जहाज कालिकोटको चिल्खयामा आकस्मिक अवतरणका क्रममा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना चालक रहेका छन् ।

घटनास्थलमै चालक दिनेश न्यौपाने र सह चालक सन्तोष रानाको मृत्यु भएको हो । अन्य नौ जना यात्रु घाइते भएका छन् । सिङ्गल इन्जिन रहेको जहाजको पङ्खामा खराबी आई आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

घाईतेहरुको कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचार भईरहेको छ ।

जहाजमा यात्रारत यात्रुहरुमा गणेश भट्टचन, मेघराज गिरी, जगदम्बा खत्री, सोनाली भट्टचन, लक्ष्मी सुनार, धु्रब भण्डारी, लक्ष्मण खड्का, धनन्जय खत्री र एक नाबालीका रहेका थिए । 

 

कसरी भएको थियो बिमान दुर्घटना ? दुर्घटनाका क्रममा घाइते हुुनुभएका मेघराज गिरी  र ध्रुब भण्डारीसँग कुराकानी गरेका छौं । 

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/ghaiteharu.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/ghaiteharu.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार