आकस्मिक अवतरणका क्रममा जहाज दुर्घटना

चालकको मृत्यु घाइते भन्छन छिटो अस्पताल लैजानुस

प्रकाशित मिति: 2016-02-26

काठमान्डु, १४ फागुन । नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज कालिकोटको चिल्खयामा आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको छ ।

बिमान दुर्घटनामा चालकको मृत्यु भएको बताइए पनि पुष्टी हुन बाँकी छ । जहाजमा चालक दलका दूई सहित ११ जना सवार रहेको र सबै घाइते अबस्थामा रहेको घटनास्थलमा रहुनभएका स्थानिए शिक्षक गोगन बिकलाई उद्धत गर्दै कालिकोटबाट संचारकर्मी रत्न कार्कीले सिआइएनलाई जानकारी दिनुभयो ।

जहाजको पङ्खामा खराबी आई आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको क्रममा सामान्य घाइते हुनुभएका जुम्लाका टेकराज गिरीले स्थानिय संचारकर्मीलाई टेलिफोन सम्पर्क गरी आफुहरुलाई चाँडै अस्पताल लैजान आग्रह गर्नुभएको कार्कीले जानकारी दिनुभयो ।

उद्धारका लागि कालिकोट प्रहरी नेपाली सेना र प्रमुख जिल्ला अधिकारी सहीतको टोलि घटना सथल तर्फ गइसकेको छ ।

घटनास्थल सम्म पुग्न दुइ घण्टा पैदल हिंड्नु पर्ने अवस्था छ । चिल्खयाको समथल खेतमा आकस्मिक अवतरण गरिएको जहाज क्षतविक्षत अबस्थामा रहेको स्थानिहरुले बताएका छन् । 

जहाज क्याप्टेन दिनेश न्यौपाने र सह चालक सन्तोष रानाले उडाउनुभएको थियो ।

जहाजमा यात्रारत यात्रुहरुमा ३५ वर्षीय गणेश भट्टचन, ३५ वर्षीय मेघराज गिरी, २५ वर्षीय जगदम्बा खत्री, १६ वर्षीया सोनाली भट्टचन, ३० वर्षीया लक्ष्मी सुनार, गोविन्द भण्डारी, ३४ वर्षीय लक्ष्मण खड्का, ३१ वर्षीय धनन्जय खत्री र खत्री थरकी एक बालिका रहेका छन् ।

तपाईंको बिचार