ख्याल ख्यालमै उद्यमी, हजारौको रोजगार दाता

ढाका बुन्ने तालिम लिनु छ अब चिन्ता छैन

प्रकाशित मिति: 2016-02-22

झण्डै ८ वर्षदेखि ढाकाबाट बन्ने विभिन्न सामान उत्पादनमा लाग्नु भएका कल्पना लिम्बु अहिले नेपालका थोरै ढाकाविद्हरु मध्येमा पर्नुहुन्छ । हजारौंलाई तालिम दिएर सीप सिकाएर आत्मनिर्भर बनाइसक्नु भएका लिम्बुले सयौंलाई अहिले रोजगारी पनि दिइरहनु भएको छ । 

‘द हाइल्याण्ड आर्टः घरेलु हस्तकला तथा तानघर’ नामक उद्योगबाट उत्पादित ढाकाका उत्पादनहरु विश्वका झण्डै सय मुलुकमा पुगिसकेको उहाँको भनाइ छ । ढाका बुन्न सिक्न चाहनेहरुका लागि तालिमका साथै रोजगारी पनि दिने बताउँदै इच्छा हुनेले आफ्नो मोबाइल नम्बर ९८४१५१२७५४ मा सम्पर्क गर्न पनि आग्रह उहाँले गर्नुभएको छ । 

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत पाइसक्नु भएका उहाँ अहिले पनि आफू २२ घण्टासम्म काममा खटिनु बताउनुहुन्छ । उही उद्यमी तथा ढाकाविद् लिम्बुसँग लक्ष्मी बस्नेतले उहाँको संघर्ष र सफलता बारे कुराकानी गर्नुभएको छ ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार