विपन्न महिलालाई आर्य-आर्जनमा जोड्दै सरकार

यसरी लिन सकिनेछ महिलाले फाइदा

प्रकाशित मिति: 2016-02-18

महिलाको विभिन्न सवालमा काम गर्नका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय छ, त्यसअन्तर्गत रहेर महिला तथा बालबालिका विभाग पनि छ । विभागले विपन्न समुदायलाई लक्षित गरेर सशक्तिकरण, समावेशीकरण, सहभागिता जस्ता विषयमा काम गर्ने गरेको छ । त्यस मध्येको एउटा मुख्य विषय हो, महिलाको आयआर्जनमा सहयोग गर्दै आर्थिक रुपमा सशक्तिकरण गर्ने । 

विशेष गरी विपन्न समुदायका, सामान्य साक्षर अथवा एसएलसी पनि पास नगरेका र २० वर्षमाथि महिलालाई समूहमा आवद्ध बनाउँदै सशक्त बनाउने कार्यक्रम देशका ७५ वटै जिल्लाका ३ हजारभन्दा बढी गाविसमा चलिरहेको छ । 

सरकारले महिला विकासको अभियान आर्थिक वर्ष २०३९÷४० मा थालेको थियो । त्यसअन्तर्गत नै चलिरहेको विपन्न महिला केन्द्रीत सरकारको कार्यक्रममा अहिलेसम्म १० लाख महिलाहरुले फाइदा लिइसकेको विभागको भनाइ छ । पुरानै प्रक्रियाअनुसार ग्रामीण, विपन्न र एसएलसी पास पनि नगरेका महिला मात्रका लागि भएकाले पनि धेरै महिलाले लाभ लिन नसकेको बताइन्छ । विभागको यो परिभाषाअनुसार पनि करिब ४०÷४५ लाख महिला अझै समेट्न बाँकी रहेको विभागकै भनाइ छ ।

मोहनप्रसाद मरासिनीविपन्न महिलाको आयआर्जनमा सघाउने उद्देश्यले चलिरहेको कार्यक्रमबाट महिलाहरुले कसरी फाइदा लिन सक्छन् त ? यसै विषयमा लक्ष्मी बस्नेतले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका विभागका निर्देशक मोहनप्रसाद मरासिनीसँग गरेको कुराकानी 
 

तपाईंको बिचार