कहिले खुल्छ नाकाबन्दी ? (अडियोवार्ता)

प्रकाशित मिति: 2016-02-05

नाका खुल्न खुल्दैन भन्ने दुईथरी अडान र भनाईका बिचबाट नयाँ सन्देश बाहिर आएको छ अब नाका खुल्छ । प्रधानमन्त्री केपी ओलीले बुधबार शनिबारसम्म नाकाबन्दी खुल्न सक्ने धारणा राख्नुभयो । हिजो त्यही आशयमा मोर्चाको भनाई बाहिर आयो ।

मधेसी मोर्चामा आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज नाका बन्द गरिराख्नुपर्ने आवश्यक नरहेको अभिव्यक्ति दिनुभयो । भोलि उहाँकै प्रस्तावमा मोर्चामा छलफल हुँदैछ । ।

विहारका नेताहरूलाई भेटेर फर्केका महतोले मोर्चा बैठकमा नाकाबन्दी खोल्ने प्रस्ताव लैजाने धारणासमेत सार्वजनिक गरे ।

त्यसोभए अब नाका कहिले खुल्ला ? नाका खुल्ला र दैनिकी सहज होला भन्ने प्रतिक्षा गरेका नागरिकले कहिलेसम्म नाका खोल्छ की भन्ने प्रतिक्षामा बस्नुपर्ला ?  यसै विषयमा राजन रुचालले हिजो नाकाबन्दी गर्ने प्रस्ताव कर्ता सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई सोध्नु भएको छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार