धनकुटा, २१ माघ । ६ बर्ष अघि एउटा पाठो उपहार पाएर बाख्रा पालन सुरु गरेकि धनकुटाको साप्तीङटारका सावित्रा खपाङगीलाई हिजोआज पैसाको सारो गाह्रो हत्तपत्त पर्दैन । परिहाले आफ्नै एकदुई वटा खसी, बाख्रा बेच्नु हुन्छ गर्जो टार्नु हुन्छ ।
दुर्गा पौडेलको परिवारको आम्दानीको मुख्य स्रोत पनि बाख्रा पालन नै हो । सावित्रा खपाङगी र पौडेल जस्तै आँखिसल्ला गाविसको साप्तीङटारका भएका ६ वटा समुहमा आबद्ध एक सय ४० जना महिला व्यवसायिक बाख्रा पालनबाट राम्रो कमाइ गर्न सफल भएका छन् ।
वर्षभरी खेतबारीमा गरेको परिश्रमले ३ महिना पनि राम्रो सँग खान नपुग्ने धनकुटाको साप्तीङटारका महिला पछिल्ला केही वर्ष यता बाख्रा पालनबाट मनग्गे आम्दानी गरिरहेका छन् ।
समुह नै गठन गरेर बाख्रा पालन गर्न थालेपछि धनकुटाको साप्ताङटारका महिलाहरु जीविकोपार्जनमा निकै सहज भएको छ । फस्टाउँदो बाख्रा पालन र स्थानीय किसानको रुचि देखेपछि जिल्ला पशु सेवा कार्यालय धनकुटाले यो ठाउँलाई बाख्रा उत्पादन स्रोत केन्द्र नै घोषणा गरेको छ ।
व्यावसायिक बाख्रापालनमा लाग्न चाहनेहरु जमुनापार र स्थानीय खरी जातका बीउ बोका र पाठी खरिदका लागि साप्तीङटार पुग्ने गरेको बाख्रा पालक किसान खगेन्द्र भण्डारीले बताउनुभयो ।
बाख्रा पालकहरुले ठूला र मझौला फार्म संचालनका लागि सहुलियत दरको ऋण सुविधा, भरपर्दो बजार, गाउँमै उपलब्ध हुने गरि विभिन्न खोप र पशु चिकित्सकको व्यवस्था मिलाइदिन किसानहरुले माग गरेका छन् । व्यवसाय उन्मुख यस्ता किसानलाई सहुलियतका कार्यक्रम दिएर प्रोत्साहन गर्नु जरुरी देखिन्छ ।
बाख्राले फेरिदियो जीवन ‘आफैलाई देखेर म आश्चर्यमा परेकी छु’
तपाईंको बिचार