‘आँगनमै सिडियो कार्यालय र औषधी मुलो’

प्रकाशित मिति: 2016-02-02
दशरथ घिमिरे, रेडियो नयाँ, दाङ

दाङ, १९ माघ । वेला–६ निवासी गजराज यादवले खुर्सानीको खेती गर्नु भएको छ । तर, खुर्सानीले उत्पादन दिने समयमा पात वटारिदै खुम्चिन थालेपछि रोगको पहीचान हुन सकेन् ।

सोमवार यादव खुर्सानीको वोट सहीत गाविस कार्यालमा भेटीनु भयो । ‘खुर्सानी फल्न थालेपछी पात वेरीन थाल्यो, कुन रोग लाग्यो थाहै भएन्, त्यसैले जचाउन आएको हुँ’यादवले भन्नुभयो–‘कुनै सल्लाह मिल्छ की, खुर्सानी धेरै छ, मर्न थाल्यो, चिन्ता लागेर ल्याएर आएँ ।’

वेला–४ निवासी अयोध्या प्रसाद चौधरीले खेतको माटो परिक्षणकालागी पनि माटोनै वोकेर गाविस कार्यालयमा पुग्नु भयो ।‘खेतमा तरकारी खेती गर्ने विचार छ तर, के वढी फल्छ, त्यसवारेमा वुझन मन छ, माटो जाँचेर थाहा हुन्छ भनेपछी आएँ’उहाँले भन्नुभयो–‘गाउँमा माटो परिक्षण हुदैन्, घोराही जानुपर्छ तर, गाउँमै टोली आएको थाहा पाएर आएको हुँ ।’

मटेरीयाका वालकृष्ण चौधरीलाई श्रीमतीको नागरिकता वनाउन कागज पत्र जुटाउन भ्याई नभ्याई थियो । ‘नागरिकता वनाउन लमही सम्म पुग्नुपर्छ, सचिव कहीले भेटीन्छन्, कहीले भेटीदैनन् तर, आज सवै काम गाविसमा नै हुने भएपछी श्रीमतीलाई पनि ल्याएर आएको छु’चौधरीले भन्नुभयो–‘सवै कागज पेश भैसक्यो, अव वन्छ की नागरिकता ।’

खरदरीयाकी मिना यादवको पेट दुख्ने समस्या छ । उपचारकालागी स्वास्थ्य चौकीमा यस अघि पनि आउनु भएको हो । तर, डाक्टर संग उपचार गराउन पाउनु भएन् । सोमवार गाविस कार्यालयमा भएको एकीकृत घुम्ति शिविरमा नेपाली सेनाका डाक्टर सहीतको टोली उपचारमा खटेपछी यादव उपचारकालागी पुग्नु भयो ।‘जाँचेर औषधी दिनुभएको छ, अव सन्चो हुन्छ की ।’

जिल्ला प्रसासन कार्यालय दाङले वेला गाविसमा आयोजना गरेको एकिकृत घुम्ति शिविरमा कृषि, स्वास्थ्य, नागरिकता, अपाङ्ता परिचय पत्र, शिक्षा सम्वन्धि काम, नागरिक सहायता, सरसफाई सम्वन्धि ज्ञान, वेरोजगार लगत संकलन लगाएतका काम एकै थलोवाट सेवा पाएपछी नागरिक खुसी भएका छन् । 

जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयगत कार्यालयका सेवा गाउँमा पु¥याइएको हो । शिविरमा नागरिकता प्रमाणपत्र वितरण, स्वास्थ्य परिक्षण शिविर, माटो परिक्षण, विउ विजन वितरण, वाली उपचार, पशु वन्ध्याकरण, खोप, पशु उपचार, पशुको कृतिम गर्वाधारण सेवा उपलब्ध थियो ।

यसैगरी अपाङ्गता परिचय पत्र वितरण र लैङ्गिक हिंसा विरुद्धमा परामर्श सेवा, नागरिक सहायता कक्ष सञ्चालन, शैक्षिक परामर्श अध्यापन अनूमती पत्र वितरण, विकास निर्माण सम्वन्धि परामर्श लगाएतका सेवा शिविरवाट प्रदान गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जानकारी दिनुभयो ।

‘सरकारी स्तरवाट प्रदान गरिने सेवा सुविधा जनताले सहज रुपमा पाउन सकुन भनेर शिविर आयोजना गरिएको हो’प्रजिअ काफ्लेले भन्नुभयो–‘धेरै नागरिकका समस्या शिविरवाटै समाधान भएका छन् ।’ शिविरमा जिल्ला स्तरका विषयगत कार्यालयका प्रमुखहरुको पनि उपस्थिती थियो ।

समाचारले दिलायो नागरिकता

झण्डै एक वर्षदेखि नागरिकता वनाउन धाउदा धाउदै लागेको खर्च तिर्न नसक्दा ऋण समेत वोक्नु भएका वेला गाविस वडा नं. ९ करङ्गाखोला निवासी ५५ बर्षका सुकमान कामीले नागरिकता पाउन सफल हुनु भएको छ ।

कामीले गाविसले दिएको सिफारिस र आवश्यक कागजपत्र वोकेर हिडेको १० महिना पछी वल्ल नागरिकता पाउनु भएको हो । कामीले नागरिकता नपाएको समाचार सामुदायीक रेडियो नयाँ यूगमा प्रसारण भएपछी वेला गाविसमा सोमवार भएको एकिकृत घुम्ति शिविरमा ईलाका प्रसासन कार्यालय लमहीका प्रमुख टोपेन्द्र केसीले कामीलाई नागरिकता प्रदान गर्नु भएको हो ।

‘गाउँलेको सर्जमिन पुगेको थिएन, त्यो जुटाउनु भयो, हामीले नागरिकता दियौं, उहाँले नागरिकता नपाएको विषयमा समाचार समेत वनेको रहछ’केसीले भन्नुभयो–‘शिविरमा प्रमाण पुग्नेलाई नागरिकता वाँडीरहेका छौं ।’

कामीले आफ्नो लागी भन्दा पनि छोराको भविस्यकालागी आफुले नागरिकता वनाएको वताउनु भयो । नागरिकता पाएपछी खुसी हुदै कामीले भन्नुभयो–‘गरिव दुःखीले भनेको कुरा कसैले सुनिदिएनन्,  समाचारमा आएपछी काम भयो वावु, धन्यबाद छ ।’

गत बैशाख २५ गते वेला गाविसका सचिव मेघ सिङ्ग पछाईले कामीलाई नागरिकता वनाउन सिफारिस दिनु भएको थियो ।  

जीवनशैली बन्दै सामुदायिक रेडियो

जीवनको अन्त्यतिर हनिफा अब नागरिक : एफएम रेडियोले दिलाइदियो नागरिकता

तपाईंको बिचार