काठमाडौं १९ माघ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले जिका भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।जेनेभामा बसेको डब्लुएचओको आकश्मिक बैठकलेलामो छलफल पनि त्यस्तो निर्णय लिएको हो । जीका भाइ रसको आपतकालीन अनुसन्धान गर्ने निर्णयमा पुग्न अधिकारीहरुलाई निकै अप्ठ्यारो पुगेको वीवीसीले जनाएको छ ।
जिका भाइरसको संक्रमण रोक्न तथा यसको प्रभावका कम गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा भइरहेका प्रयासलाई तीब्रता दिनुपर्नेमा पनि संगठनले अपील गरेको छ । जिका भाइरसको संक्रमण र यसकाबाट बच्चनका लागि गर्नु पर्ने कामका विषयमा छलफल गर्न विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेका संगठनले जनाएको छ ।
डब्लुएचओले यसअघि अफ्रिकी मुलुकमा फैलिएको इबोला जस्तै जिकालाई पनि स्वास्थ्य आपतकालको घोषणा गरेको हो । जिका भाइरसका कारण गर्भमा रहेका शिशुमा बढी प्रभाव पर्ने विज्ञहरुले बताएका छन् ।
तपाईंको बिचार