हाल देशमा २ सय ३७ ओटा जोखिमपूर्ण ठूला नदीमा वारपार गर्नुपर्ने बाध्यता छ । ती मध्ये १ सय ७१ ठाउँमा तुईन नै तर्नुपर्छ ।
काठमाडौं १८ माघ । नेपाली जीवनका धेरै कठिन पक्षहरु छन् त्यो मध्यको एउटा हो तुइन । तारमा झुण्डीएर खोलामाथिको जोखिमपूर्ण यात्रा तुइन विश्वमा समेत मानवनीय पक्षसँग जोडेर चर्चामा छ । तुइनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएकै दिन विस्थापित गर्ने निणर्य लिएपछि सरकार जोडतोडले त्यसमा लागेको छ ।
गाउँमा कुनैबेला खोला तर्ने एउटा मात्रै माध्यम थियो स्थानियस्तरमा बनाएका काठे पुल । त्यसलाई सजिलो बनाउन तुइन अभियान आयो र सरकारले जिल्ला विकास समिति मार्फत बजेटको समेत व्यवस्था गरेको थियो । धादिङ, गोरखा, कणालीका अधिकांश नदीहरुमा वारपार गर्र्ने दैनिकीसँग तुईनको साइनो गहिरो बनेको छ । सुदूरपश्चिममा पनि तुइन जिन्दगी सजिलो छैन ।
डोटीका सांसद प्रेमबहादुर आले र अछामका जानकी साउदले दखेको तुइन जीन्दगीको यात्रामा धेरैको ज्यान समेत गुमाइसकेका छ । तर सरकारले भनेको अनुसार काम गरेमा अबको झण्डै २० महिनमा तुइन तर्नुपर्ने छैन । जहाँ तुइन छन् त्यही ठाउँ अथवा नजिकै अब पक्की पुल बन्ने छन् ।
झोलुङ्गे पुल रणनीति २०६२ मा १ घण्टा बढि हिड्न समय लाग्ने स्थानमा झोलुङ्गे पुल बनाउने उल्लेख छ । मुलुकभर झण्डै ६ हजार २ सय झोलुंगे पुल बनिसकेका छन् ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयको अध्ययन अनुसार हाल देशमा २ सय ३७ ओटा जोखिमपूर्ण ठूला नदीमा वारपार गर्नुपर्ने बाध्यता छ ।
ती मध्ये १ सय ७१ ठाउँमा तुईन नै तर्नुपर्छ । १ सय मिटरभन्दा लामो जोखिममा रहेका ६० वटालाई तत्काल विस्थापित गर्ने सरकारको तयारी छ । डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटा अबको पाँच महिनामा ७० भन्दा बढी ठाउँमा पुल बन्ने बताउनुहुन्छ ।
नेपालमा भएको जनशत्ति, निर्माण क्षमता अनुसार दिनमा एउटा झोलुङगे पुल बनाउने क्षमता छ । सबै हिसावले सरकारको निर्णय कार्यान्वयन असम्भब छैन । तर, काम चै हुन्छ की हुन्न त्यसमा निर्भर हुनेछ ।
योजना तिब्र बनाएपनि बनाउने गति भने सुस्त देखिन्छ । प्रधानमन्त्रीले निर्देशन दिएको सय दिन वितिसक्दा कम्तिमा दुई दर्जनभन्दा बढी तुइन विस्थापित भइसक्नुपर्ने थियो।
२०१० पनि पुल त थिए तर सरकारले खोला तर्न तुइन नै हालिदिने गरेको थियो । पछि डिभिजन कार्यालय स्थापना गरी २०२० बाट अभियानकै रुपमा झोलुंगे पुल बनाउन थालेको हो । झोलुङ्गे पुल रणनीति २०६२ मा १ घण्टा बढि हिड्न समय लाग्ने स्थानमा झोलुङ्गे पुल बनाउने उल्लेख छ । मुलुकभर झण्डै ६ हजार २ सय झोलुंगे पुल बनिसकेका छन् ।
योजना धेरै अगाडी छ तर १ दशक पछि मात्रै तुईन हटाउने अभियानका तिव्र बनेको छ । संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयका सचिब माधव रेग्मी सरकारले यसअघि नै तुइन विस्थापनको योजना बनाएपनि अहिले दुत्र गतिमा लागेको बताउनुहुन्छ ।
नेपालमा भएको जनशत्ति, निर्माण क्षमता अनुसार दिनमा एउटा झोलुङगे पुल बनाउने क्षमता छ । झोलुङ्गे पूल निर्माण गर्न करिब साढे ३ अर्ब रुपैयाँ लाग्ने अनुमान सहित बजेट पनि व्यवस्था भइसकेको छ । सबै हिसावले सरकारको निर्णय कार्यान्वयन असम्भब छैन । तर, काम चै हुन्छ की हुन्न त्यसमा निर्भर हुनेछ ।
तपाईंको बिचार