विश्वकपमा नेपालको विजयी शुरुवात

न्युजिल्याण्ड ३२ रनले पराजित

प्रकाशित मिति: 2016-01-28

काठमान्डु, १४ माघ । बंलगादेशमा जारी १९ वर्ष मुनीको विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्याण्डलाई ३२ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २३८ रन जोडेको थियो ।

जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले ४७ ओभर १ बल खेल्दै रन मात्र बनाउन सक्यो । नेपालका लागी दिपेन्द्रसिंह ऐरीले ३, प्रेम तामाङ २ तथा सन्दीप लामिछाने र सुनील धमलाले एक एक विकेट लिनुभयो ।

यसअघि मध्यम शुरुवात गरेको नेपालका लागि कप्तान राजु रिजालले ६० वल खेल्दै ६ चौकाको मद्वतमा सर्वाधिक ४८ रन बनाउनुभयो । त्यस्तै उपकप्तान आरिफ शेखले ६० बलमा ३९ रन बनाउनुभयो ।

ओपनर सन्दीप सुनारले पनि तीन चौका र एक छक्काको मद्वतमा ६० बलमा ३९ रन बनाउनुभयो । अर्का ओपनर सुनील धमलाले १५ र तेस्रो नम्बरमा ब्याटीङ गर्न आएका योगेन्द्रसिंह कार्कीले ५ रन मात्र बनाउनुभयो ।

पछिल्लो क्रमका ब्याट्सम्यान राजवीर सिंहले २४, दिपेन्द्रसिंह ऐरी १६ बनाउनुभयो । आक्रामक ब्याटिङ गर्नुभएका कुशल भुर्तेलले ५ चौका प्रहार गर्दै २३ बलमा नटआउट ३५ र प्रेम तामाङले नटआउट ४ रन बनाउनुभयो । न्यूजिल्याण्डका लागि नाथन स्मिथको नाममा सर्वाधिक ३ विकेट रह्यो ।

जीत पछि नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो भएको छ । नेपालले अब आयरल्याण्ड र भारतसँग खेल्नेछ । 

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/31.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/31.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/4.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/4.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/22.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/22.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार